images
images

सरकारले घटायो बजेटको आकार, ८७.३८ प्रतिशत मात्रै खर्च हुने (अर्धवार्षिक समीक्षा प्रतिवेदनसहित)

सरकारले घटायो बजेटको आकार, ८७.३८ प्रतिशत मात्रै खर्च हुने (अर्धवार्षिक समीक्षा प्रतिवेदनसहित)

चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले २ खर्ब २१ अर्ब रुपैयाँले बजेट घटाएको हो ।

सोमवार, माघ २९ २०८०
सोमवार, माघ २९ २०८०
  • सरकारले घटायो बजेटको आकार, ८७.३८ प्रतिशत मात्रै खर्च हुने (अर्धवार्षिक समीक्षा प्रतिवेदनसहित)

    काठमाडौँ / सरकारले चालु आर्थिक बर्ष २०८०/८१ को बजेट २ खर्ब २० अर्ब रुपैयाँले घटाएको छ । चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले २ खर्ब २१ अर्ब रुपैयाँले बजेट घटाएको हो ।

    चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो । यो बजेटलाई संशोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ खर्ब ३० अर्ब २६ करोड रुपैयाँमा झारेका हुन् ।

    जसमध्ये पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने उनको भनाइ छ । चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.२४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको बताए ।

    वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकोमा ८७.३९ प्रतिशत खर्च हुने अनुमान उनको छ ।स्रोत व्यवस्थातर्फ राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र आन्तरिक ऋण २ खर्ब ४० अर्ब उठाउने लक्ष्य लिइएकोमा राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ९ अर्ब ३० करोड ८६ लाख मात्रै उठ्ने संशोधित अनुमान प्रस्तुत गरे ।

    सरकारले लक्ष्यअनुसार नै आन्तरिक ऋण उठाउने अवस्था देखिएकाले राजस्व लक्ष्यभन्दा धरै कम करिब १० खर्ब ६९ अर्ब मात्रै उठ्न अनुमान अर्थमन्त्री महतको देखिन्छ ।

    अर्धवार्षिक समिक्षा पूर्णपाठ– 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार