images
images

सरकारलाई काम गर्नै सकस : ६ महिनामा न बढ्यो आम्दानी, न खर्च

सरकारलाई काम गर्नै सकस : ६ महिनामा न बढ्यो आम्दानी, न खर्च

सरकारले चालु आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ वैदेशिक अनुदान सहायता लिने लक्ष्य लिएकामा हालसम्म ७ अर्ब ३७ करोड छ लाख बराबर वैदेशिक सहायता प्राप्त भएको छ ।

मंगलवार, माघ १ २०८१
मंगलवार, माघ १ २०८१
  • सरकारलाई काम गर्नै सकस : ६ महिनामा न बढ्यो आम्दानी, न खर्च
    images
    images

    काठमाडौँ / चालु आर्थिक वर्षको ६ महिनासम्मको तथ्याङ्कअनुसार सरकारलाई काम गर्न निकै सकस भएको देखिएको छ । अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च निकै कमजोर देखिएको हो। 

    महालेखा नियन्त्रक कार्यालयकाअनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो । 

    पुस मसान्तसम्ममा ६ खर्ब ६७ अर्ब ६० करोड १९ लाख रुपैयाँ बराबर खर्च भएको छ। यो अवधिको खर्च वार्षिक लक्ष्यको ३५.८९ प्रतिशत हो । चालुगत शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ बजेट छुट्याइएकोमा हालसम्म ३९.६३ प्रतिशत अर्थात् ४ खर्ब ५२ अर्ब रुपैयाँ खर्च भएको छ ।

    पुँजीगत शीर्षकको खर्च झनै कमजोर छ । यो शीर्षकमा ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख वार्षिक बजेट विनियोजन भएकोमा पुस मसान्तसम्ममा १६.१६ प्रतिशत अर्थात् ५६ अर्ब ९३ करोड ५० लाख बराबर मात्र खर्च भएको छ ।

    वित्तीय व्यवस्था शीर्षकको हालसम्मको खर्च ४३.२ प्रतिशत छ । यो शीर्षकमा ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर बजेट विनियोजन भएकोमा हालसम्म १ खर्ब ५८ अर्ब ६६ करोड ३९ लाख बराबर खर्च भएको छ ।

    सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । गत पुस मसान्तसम्ममा ५ खर्ब ७४ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ राजस्व उठेको छ । 

    यो वार्षिक लक्ष्यको ३९.०६ प्रतिशत हो । कर राजश्वतर्फ ३८ दशमलव ११ प्रतिशत अर्थात् ४ खर्ब ८९ अर्ब ३९ करोड ९२ लाख रुपैयाँ र गैरकर राजस्वतर्फ ५१.९७ प्रतिशत अर्थात् ७० अर्ब २० करोड ८२ लाख रुपैयाँ सङ्कलन भएको छ ।

    सरकारले चालु आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ वैदेशिक अनुदान सहायता लिने लक्ष्य लिएकामा हालसम्म ७ अर्ब ३७ करोड छ लाख बराबर वैदेशिक सहायता प्राप्त भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार