चर्चित समाचार
  • बिजनेस इमेल महिनाको एकसय मात्रै !, यस्ता छन् Thulo.Com को अन्य अफरहरु

    बिजनेस इमेल महिनाको एकसय मात्रै !, यस्ता छन् Thulo.Com को अन्य अफरहरु

    सोमवार, माघ २९ २०८०
    सोमवार, माघ २९ २०८०
  • बिजनेस इमेल महिनाको एकसय मात्रै !, यस्ता छन्  Thulo.Com को अन्य अफरहरु

    तपाई बिजनेस इमेल लिदै हुनुहुन्छ ? आफ्नो कार्यलय तथा संस्थाको नाउँमा बिजनेस इमेल चलाउन खोज्दै हुनुहन्छ भने Thulo.Com ले  बिजनेस इमेल प्रतिमहिना एकसय रुपैयाँ मात्रै लिने गरी प्याकेजहरु सार्वजनिक गरेको छ ।

    अन्य अफरहरु मध्ये ई–कमर्स वेबसाइट  नौ हजार नौं सय उनान्सय रुपैयाँमा लगायत अरु धेरै रोचक अफरहरु पनि ल्याएको कम्पनीले जनाएको छ । 

    नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्ने कम्पनीहरु मध्ये परिचित कम्पनी Thulo.Com सन् २००५ देखि बजारमा सेवा प्रवाह गरिरहेको छ । विभिन्न उद्योग व्यवसाय, सेवमुलक क्षेत्र तथा कर्पोरेड क्षेत्रमा यस कम्पनीले आफ्नो पँहुच विस्तार गर्दै आइरहेको छ । 

    यस बर्षको माघ २५ देखि   लागिरहेको CAN Infotech मेलामा कम्पनीले उक्त अफरहरु सार्वजनिक गरेको हो । उक्त मेला आज सकिदैछ तर, पनि उक्त अफरहरु अझै केही दिन चलिरहने कम्पनीले जनाएको छ । बिजनेस डिजीटाईजेसनको लागि धेरै अफरहरु कम्पनीसँग छ । 

    जस्तै बिजनेस इमेल रु १०० प्रति महिनाबाट, ई–कमर्स वेबसाइट रु ९,९९९ मा, वेबसाइट डिजाइन रु २,९९९ रुपैयाँमा, क्लाउड होस्टिङ  रु २४९ रुपैयाँबाट र  बिजनेस होस्टिङ रु ४९९ रुपैयाँ लगायत पर्नेछ । 


    साथै  कम्पनीले वोर्क्प्लेस नामक क्लाउड सफ्टवेर पनि सार्बजनिक गरेको छ।
     
    जसमा सानोदेखि ठुलो व्यवसायले आफ्नो मार्केटिंग, सेल्स, ग्राहक सेवा, व्यवसाय संचालन, वेबसाइट, ई–कमर्स, मानव संसाधन, एकाउण्ट, प्रशासन र रिपोर्टिङ सम्बन्धित क्रियाकलाब सजिलै गर्न सकिनेछ ।


     यस्तै विविध कार्यहरु गर्न मिल्ने क्लाउड सफ्टवेर नेपालमा पहिलो पटक बनेको कम्पनीको दावी छ । यो प्रयोग गर्ने  व्यवसायहरुलाई बिशेसगरी डाटा व्यवस्थापन र छिटो तथा प्रभावकारी निर्णयहरु लिन यस क्लाउड सफ्टवेरले सहज बनाउने कम्पनीले भनेको छ । 

    यसैगरी पर्यटन क्षेत्रका व्यवसायीहरुका लागि पनि Thulo.Com  ले बुकिङ इन्जिनसहितको वेबसाइट सुबिधा दिदै आएको छ र CAN Infotech मा आफ्नो सम्पूर्ण सेवाहरुमा २० प्रतिशत छुट पनि प्रदान गरिरहेको जनाएको छ । 

    Thulo.Com एउटा सूचना प्रबिधिमा आधारित कम्पनी हो, जसको सेवाहरुले सन २००५ देखि व्यवसायहरुलाई प्रविधि, बजार र प्राविधिक ज्ञानको पहुँच गराउँदै आएको छ।  

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार