images
images

आजको मौसमः पहाडी भू–भागमा आंशिक बदली, उच्च स्थानमा हिमपात हुने

आजको मौसमः पहाडी भू–भागमा आंशिक बदली, उच्च स्थानमा हिमपात हुने

मंगलवार, फागुन १ २०८०
मंगलवार, फागुन १ २०८०
  • आजको मौसमः पहाडी भू–भागमा आंशिक बदली, उच्च स्थानमा हिमपात हुने

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

    images
    images

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

    देशको पहाडी भू–भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन भनेको छ । 

    माघ २९ गते (सोमबार)

    रातीः बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    फागुन ०१ गते (मंगलबार)

    दिउँसोः देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातीः देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    फागुन ०२ गते (बुधबार)

    दिउँसोः देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी,  बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको  पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातीः कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी,  बागमती र  गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार