images
images

दैनिक २ हजार युवा कामको खोजीमा विदेशिँदै, युएई जाने सबैभन्दा धेरै

दैनिक २ हजार युवा कामको खोजीमा विदेशिँदै, युएई जाने सबैभन्दा धेरै

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा ४ लाख ५ हजार ५ सय ५२ नेपालीले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् ।

बिहिवार, फागुन ३ २०८०
बिहिवार, फागुन ३ २०८०
  • images
    images
    दैनिक २ हजार युवा कामको खोजीमा विदेशिँदै, युएई जाने सबैभन्दा धेरै

    काठमाडौँ / वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको संख्या पछिल्लो समय बढ्दै गएको छ । अहिले दैनिक करिब दुई हजार जना हाराहारी युवाले श्रम स्वीकृति लिइरहेको वैदेशिक रोजगार काठमाडौँ कार्यालय ताहाचलको तथ्यांक छ ।

    images
    images

    विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतील भने, ‘पछिल्लो समय वैदेशिक रोजगारमा जाने युवाको संख्या अत्यधिक बढेको छ । यसमा पनि युएई जानेहरू धेरै छन् ।’ 

    वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक बर्ष २०७९/८० को माघसम्ममा ४ लाख ७८ हजार ८ सय ३० जना कामको खोजीमा विदेशिएका थिए । सात महिनामा देश छाड्ने नेपालीको संख्या गत आव २०७९/८० को यसै अवधिको तुलनामा भने केही कम छ । 

    चालु आर्थिक बर्ष २०८०/८१ को सात महिनामा ४ लाख ५ हजार ५ सय ५२ नेपालीले नयाँ तथा पुनः श्रम स्वीकृति विदेशिएका छन् । यसरी गत बर्षसँग तुलना गर्ने हो भने चालु आवमा रोजगारको खोजीमा विदेशीनेको संख्या १५.७३ प्रतिशत अर्थात ७३ हजार २ सय ७० जनाले कम हो । 

    विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि माघसम्म औसतमा प्रतिमहिना ५७ हजार ९ सय ३६ नेपालीले रोजगारीका लागि मुलुक छाडेका छन् । यसलाई दैनिक हिसाब गर्दा भने करिब दुई हजार अर्थात १ हजार ९ सय ३१ नेपालीले देश छाडिरहेको देखिएको हो ।

    विभागको तथ्याङ्क अनुसार यस वर्ष सुरुवाती महिनामा विदेश जाने नेपालीको संख्या केही कम भए पनि चाडबाडपछि भने विदेशिनेको संख्या बढ्न थालेको थियो । यो आँकडा मंसिरपछि भने केही कम हुन थालेको छ ।

    चालु आवको मंसिरमा ७१ हजार २ सय ७६ ले श्रम स्वीकृति लिएकोमा माघमा ६२ हजार १ सय ४७ मा झरेको छ । गत वर्ष भने कीर्तिमानी संख्यामा नेपाली विदेशिएका थिए । यसरी विदेशिनेको संख्यामा यो वर्ष भने केही ‘ब्रेक’ लागेको देखिएको छ । माघमा विदेशिनेमध्ये ६ हजार १ सय ७४ महिला र ५५ हजार ९ सय ७३ पुरुष छन् । 

    युएईमा आकर्षण बढ्दो 

    चालु आवको सात महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य युएई बनेको छ । गत वर्ष भने मलेसियामा नेपालीको लर्को लागेको थियो । 

    साउनदेखि माघसम्म १ लाख १ हजार ७ सय ७८ नेपाली कामको खोजीमा यूएई पुगेका छन् । केही वर्ष बसेपछि यूएईलाई गन्तव्य बनाएर युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलियालगायतका देशमा जाने क्रम बढेका कारण पछिल्लो समय यूएई नेपालीको पहिलो रोजाइमा पर्ने गरेको देखिन्छ । 

    अर्कोतर्फ, कोभिड महामारी कम भएपछि मागसमेत क्रमशः बढ्न थालेसँगै खाडी देशमा नेपालीको संख्या बढिरहेको जनाइएको छ । एसियाली र अफ्रिकी नागरिकहरूका युएई लागि बस्न र काम गर्न सुरक्षित गन्तव्य पनि मानिन्छ ।

    माघ महिनामा मात्रै यूएईमा १७ हजार ६ सय २ नेपाली पुगेका छन् । साउनमा ११ हजार ८ सय ७५, भदौ ११ हजार ७ सय ९, असोज १३ हजार ९ सय ५, मंसिर १८ हजार ४ सय ९३ र पुसमा ३४ हजार ४ सय १५ जना नेपाली यूएई पुगेका थिए ।

    तथ्याङ्क अनुसार अहिले खाडी मुलुकहरूमध्ये युएई वैदेशिक रोजगारीको पहिलो गन्तव्य मुलुक रहेको छ । युएईमा सुरक्षा, ड्राइभिङ, सेल्स, आतिथ्य, निर्माण, सरसफाइ आदि क्षेत्रमा नेपाली कामदारको यहाँ ठुलो माग हुने गरेको सूचना अधिकारी उप्रेती बताउँछन् । 

    यहाँको आर्थिक गतिविधि निकै तीब्र रूपमा विकास भइरहेको छ । सरकारले दक्ष जनशक्तिलाई प्राथमिकता दिए पनि अधिकांश नेपाली सिपविहीन अवस्थामा विदेश पुग्ने गरेका उनले बताए । 

    “नेपालीहरूले तालिम लिई दक्षता हासिल गरेर, आधिकारिक माध्यमबाट युएई जाने हो भने यसबाट राम्रो लाभ लिन सकिन्छ” उनले भने, “भिजिट भिसामा युएई गएर काम गरेर बस्ने नेपालीको संख्या पनि उल्लेख्य रहेको बताइन्छ । यसरी जाने नेपालीहरूको संख्या भने तथ्याङ्कमा उल्लेख छैन ।”  

    यस्तै, माघ महिनामा यूएईपछि साउदी अरब जाने नेपालीको संख्या धेरै छ । साउदीमा १२ हजार २ सय ७६ श्रम स्वीकृति जारी भएको छ । त्यसैगरी माघमा कतारका लागि १२ हजार १ सय ६४ श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ ।

    त्यस्तै कुवेतमा ३ हजार २ सय ५३, कोरिया १ हजार ६ सय ६०, रोमानिया १ हजार ३ सय ९७, जापान १ हजार २ सय ८०, इजरायल ७२, बेलायत २ सय ६, अमेरिका ३८ र पोल्यान्डमा १ सय ९७ नेपाली श्रम स्वीकृति लिएर गएको देखिएको छ ।

    वैदेशिक रोजगारका लागि माघमा सबैभन्दा धेरै तराई–मधेश भेगबाट नेपाली कामको खोजीमा विदेशिएका छन् । माघ महिनामा धनुषा जिल्लाबाट मात्रै ३ हजार १ सय ४७ विदेशिएका छन् । त्यस्तै, झापाबाट २ जहार ९ सय ९१, मोरङबाट २ हजार ५ सय ७८, सिरहा २ हजार ५ सय ७२, रुपन्देही १ हजार ९ यस ५१, महोत्तरी २ हजार २ सय ७९, मुस्ताङ १५ र मनाङबाट १६ जना विदेशिएका छन् । 

    दक्ष कामदार कति ? 

    माघ महिनामा सबैभन्दा धेरै नेपाली काम सिकेर रोजगारका लागि विदेशमा गएको देखिन्छ । माघमा विदेश गएका ६२ हजार युपाहरू मध्ये ४५ हजार ६ सय ४८ नेपालीले काम सिकेर गएको देखिएको छ ।  

    यस्तै, ११ हजार ९ सय ७८ नेपालीले भने अदक्ष रूपमै श्रम स्वीकृति लिएको देखिन्छ । माघमा सेमिस्किल्ड नेपालीको संख्या ४ हजार ३ सय २७ छ । प्रोफेसनल र हाइस्किल्ड नेपालीको संख्या क्रमशः १ सय ४० र ५४ मात्र रहेको विभागको तथ्याङ्क छ ।

    1.JPG

    रेमिट्यान्स पनि बढ्दै ! 

    नेपालबाट कामको खोजीमा विदेशीने युवाको संख्या बढेसंगै विदेशबाट नेपालीले पठाइरहेको रेमिट्यान्स मा हरेक महिना बढीरहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका देशको आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको छ । 

    राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालस आर्थिक बर्षको ६ महिनामा अर्थात पुष मसान्तसम्ममा रेमिट्यान्स २५.३ प्रतिशतले बढेर ७ खर्ब ३३ अर्ब २२ करोड पुग्यो । यस अनुसार मासिक १ खर्ब २२ अर्ब रुपैयाँ भित्रिएको छ । 

    १५ बर्षमा ७१ लाख ७७ हजार नेपाली बाहिरिए ! 

    वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार १५ वर्षको अवधिमा रोजगारीको खोजीमा ७१ लाख ७७ हजार ८ सय ७६ जना विदेशिएका छन् । यसरी हेर्ने हो भने हरेक बर्ष औसतमा करिब ५ लाखको हाराहारीमा विदेशिएका छन् भने स्वदेश फर्किएको युवाको भने तथ्याङ्क नराखेको विभागले जनाएको छ ।

    वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक बर्ष २०७९/८० मा वैदेशिक रोजगारमा जानेको संख्या १४ वर्षयताकै उच्च देखिएको छ । गत आर्थिक बर्ष ७ लाख ७१ हजार ३ सय २७ जना विदेशिएका थिए । 

    यस्तै, आर्थिक वर्ष २०६५/६६ मा २ लाख १९ हजार ९६५ जना, २०६६/६७ मा २ लाख ९४ हजार ९४ जना, २०६७/६८ मा ३ लाख ५४ हजार ७१६ जना र २०६८/६९ मा ३ लाख ८४ हजार ६६५ जना विदेशिएका थिए ।  आर्थिक वर्ष २०६९/७० मा यो संख्या बढेर ४ लाख ५० हजार ८८९ पुगेको थियो ।  २०७०/७१ मा ५ लाख २७ हजार ८१४ विदेशिएको तथ्यांकले देखाउँछ । तर, आर्थिक बर्ष २०७१/७२ मा भने यो संख्या केही घटेको थियो । उक्त वर्ष ४ लाख ९९ हजार १०२ युवा कामको खोजीमा विदेशिएका थिए । 

    त्यसपछि आर्थिक बर्ष २०७२/७३ मा भूकम्पका कारण वैदेशिक रोजगारमा जानेको संख्या घटेको थियो । उक्त बर्ष ४ लाख ३ हजार १७४ जना, २०७३/७४ मा ३ लाख ८३ हजार ४९३ र २०७४/७५ ३ लाख ५४ हजार ८२ जना विदेशिएका थिए ।विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ संख्या अझ घट्न थालेको देखिन्छ । उक्त वर्ष २ लाख ३६ हजार २०८ जना कामको खोजीमा विदेश पुगेको तथ्याङ्क छ । 

    यस्तै, २०७६/७७ कोभिड महामारीका कारण वैदेशिक रोजगारमा जानेको संख्या अझै धेरै घट्यो । उक्त वर्ष एक लाख ९० हजार ४५३ जना कामको खोजीमा विदेशिए । २०७७/७८ कोभिडको प्रभाव अझ बढी देखियो । उक्त वर्ष ७२ हजार ८१ जना मात्रै गए । तर, २०७८/७९ मा कोभिड महामारीको अवस्था केही सामान्य बन्दै गएपछि भने विदेश जानेको संख्या अत्यधिक देखिएको छ  । उक्त वर्षमा ६ लाख ३० हजार ९७ युवा कामको खोजीमा विदेशिएको देखिन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार