चर्चित समाचार
  • आजदेखि कुन क्षेत्रमा पेट्रोलियम पदार्थलाई प्रतिलिटर कति पर्ला ?

    आजदेखि कुन क्षेत्रमा पेट्रोलियम पदार्थलाई प्रतिलिटर कति पर्ला ?

    शुक्रवार, फागुन ४ २०८०
    शुक्रवार, फागुन ४ २०८०
  • आजदेखि कुन क्षेत्रमा पेट्रोलियम पदार्थलाई प्रतिलिटर कति पर्ला ?

    काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो । पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुई रुपैयाँ वृद्धि भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ । 

    निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः रु १६९.५०, १७१, १७२ तथा डिजेल÷मट्टितेल क्रमशः १५७.५०, १५९ र १६० तोकेको छ । पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन् भने दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ्ग रहेका छन् । त्यस्तै, काठमाडौँ, पोखरा र दिपायल तेस्रो वर्गमा राखिएको छ । 

    इण्डियन आयल कर्पोरेसनबाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु १.८३ र डिजेलमा रु १.५६ बढेर आएको निगमले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार