चर्चित समाचार
  • सिटिजन्स बैंक र सिटिस्केप थकालीबीच सम्झौता, बैंकका ग्राहकले १० प्रतिशतसम्मको आकर्षक छुट पाउने

    सिटिजन्स बैंक र सिटिस्केप थकालीबीच सम्झौता, बैंकका ग्राहकले १० प्रतिशतसम्मको आकर्षक छुट पाउने

    आइतवार, फागुन ६ २०८०
    आइतवार, फागुन ६ २०८०
  • सिटिजन्स बैंक र सिटिस्केप थकालीबीच सम्झौता, बैंकका ग्राहकले १० प्रतिशतसम्मको आकर्षक छुट पाउने

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग, काठमाडौं स्थित सिटिस्केप थकाली बीच सम्झौता भएको छ । बैंक र सिटिस्केप थकालीबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

    उक्च सम्झौता पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सिटिस्केप थकालीमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । 

    डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार