images
images

सुशासनमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनु छ : अध्यक्ष ओली

सुशासनमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनु छ : अध्यक्ष ओली

आइतवार, फागुन ६ २०८०
आइतवार, फागुन ६ २०८०
  • images
    images
    सुशासनमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनु छ : अध्यक्ष ओली
    घोडाघोडी (कैलाली) / नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाइने बताएका छन् । 
     
    नेकपा (एमाले) कैलालीको नवौँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले राजनीतिक परिवर्तनलाई मूर्त रुप दिई देशमा सुशासनको बाटोमार्फत समृद्ध नेपाल सुखी नेपाली बनाइने बताए । 
     
    उनले भने, “राजनीतिक क्षेत्रमा बलिदान ग¥यौँ, अब विकासमार्फत देशलाई परिवर्तन गर्नुछ।”
     
    अहिले मुलुक गम्भीर मोडमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, “राष्ट्रियता कमजोर भएको छ ।” 
     
    आफ्नो पार्टीले हरेक पालिकामा अस्पताल बनाउने कुरामा जोड दिएको उनको भनाइ थियो । आफ्नो कार्यकालमा गरेका कामलाई अहिलेको सरकारले निरन्तरता नदिएको अध्यक्ष ओलीको आरोप थियो । 
     
    देशमा रोजगारीको सृजना गर्न नसक्नु विडम्बना रहेको उल्लेख गर्दै गाउँबस्ती रित्ता भइरहेकामा चिन्ता व्यक्त गरे । 
     
    “दैनिक हजारौँको सङ्ख्यामा युवायुवती विदेशिएका छन् । म प्रधानमन्त्री भएको बेला उत्पादन वृद्धि भएको थियो, पूर्वाधारको विकास भएको थियो । एकै दिनमा दुई सय १० पालिका सदरमुकाम जोड्ने सडक शिलान्यास गरेको थिए । आज ती सडक अलपत्र छन्”, उनले भने, “हामीलाई यो देशमा सुशासन ल्याउनु छ, रोजगारीको अवसर सृजना गर्नु छ, जनताको जीवनमा परिवर्तन ल्याउनु छ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार