images
Logo
images
images
images

सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूलमन्त्र हो : उपप्रधानमन्त्री श्रेष्ठ

सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूलमन्त्र हो : उपप्रधानमन्त्री श्रेष्ठ

सोमवार, फागुन ७ २०८०
सोमवार, फागुन ७ २०८०
  • images
    images
    सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूलमन्त्र हो : उपप्रधानमन्त्री श्रेष्ठ
     
    गोरखा / उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सुशासन, समृद्धि र सामाजिक न्याय वर्तमान सरकारको मूलमन्त्र रहेको बताएका छन् । 
     
    गोरखाको पालुङटार नगरपालिका–७ च्याङलीस्थित जीवन ज्योति माध्यामिक विद्यालयको ५६औँ वार्षिकोत्सवमा उनले सुशासन कायम नभएसम्म विकास–निर्माणका कामले फड्को मार्न नसक्ने बताए । 
     
    ‘‘अहिलेको सरकारको मूलमन्त्र सुशासन, समृद्धि र सामाजिक न्याय हो, गृहमन्त्री श्रेष्ठले भने, ‘‘विकासमा फड्को मार्न सुशासन अनिवार्य शर्त हो ।
     
    पर्याप्त स्रोत साधनको अभावमा सरकारले चाहेजस्तोे विकास निर्माणका काम गर्न नसकेको उनले बताए । 
     
    गृहमन्त्री श्रेष्ठले भने, ‘‘देशमा हामीले ठूलो राजनीतिक परिवर्तन ग-यौँ, नयाँ संविधान बनायौँ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यौँ, अब लोकतन्त्रको माध्यमबाट आमनागरिक जीवन फेर्नुपर्छ ।’’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार