चर्चित समाचार
  • बैङ्किङ क्षेत्रलाई खलबलाउन अराजक गतिविधी गर्ने र भ्रम फैलाउनेलाई कारवाही गर्न चार सङ्गठनहरूको माग

    बैङ्किङ क्षेत्रलाई खलबलाउन अराजक गतिविधी गर्ने र भ्रम फैलाउनेलाई कारवाही गर्न चार सङ्गठनहरूको माग

    सोमवार, फागुन ७ २०८०
    सोमवार, फागुन ७ २०८०
  • बैङ्किङ क्षेत्रलाई खलबलाउन अराजक गतिविधी गर्ने र भ्रम फैलाउनेलाई कारवाही गर्न चार सङ्गठनहरूको माग

    काठमाडौँ / बैङ्किङ क्षेत्रसँग सम्बन्धित चार ओटा सङ्गठनहरूले आम-सर्वसाधारणहरूलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिनेहरूलाई कारवाही गर्न माग गरेका छन् । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बैङ्कर्स सङ्घ, डेभलपमेन्ट बैङ्कर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था सङ्घ र नेपाल लघुवित्त बैङ्कर्स सङ्घले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । 

    पछिल्लो समयमा बैङ्किङ क्षेत्रलाई खलबलाउन भइरहेको अराजक गतिविधीहरूप्रति ध्यानाकर्षण जनाउँदै यी चार सङ्गठनहरूले नेपालका बैङ्क, वित्तीय तथा लघुवित्त संस्थाहरूमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा सुरक्षित रहेको बताएको छ । 

    बेला-बखतमा सामाजिक सञ्जालहरूमा देखिने आधारहीन, गलत तथा भ्रामक टिप्पणीहरूमा ध्यान नदिनु हुन र सम्बन्धित सरोकार निकायहरूले सम्प्रेषण गरेको सूचनालाई मात्र आधिकारिक रूपमा लिनसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    विज्ञप्ति जारी गर्ने सङ्घहरूसँग सम्बन्धित सबै बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपकर्ताहरूको रकम पूर्णरूपमा सुरक्षित रहेको बताइएको छ । 

    साथै, नेपाल राष्ट्र बैङ्कबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख सम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत् सुरक्षण गरिएको विज्ञप्तिमार्फत स्मरण गराइएको छ । 

    हाल बैङ्क तथा वित्तीय संस्थाहरूमा  ५ करोड ३५ लाख भन्दा धेरै निक्षेप खाताहरू र १८ लाख भन्दा धेरै कर्जा खाताहरू सञ्चालनमा छन् । 

    देशका ५४ वटा बैङ्क तथा वित्तीय संस्थाहरूले मुलुकको कुल ग्राहस्थ उत्पादन भन्दा धेरै निक्षेप संकलन तथा लगभग कुल ग्राहस्थ उत्पादन बराबरको कर्जा प्रवाह तथा अन्य बैङ्किङ्ग सेवाहरू आफ्ना ६४४१ शाखाहरूमार्फत देशभर प्रदान गर्दै आइरहेका छन्  । 

    साथै, देशको दुर-दराजमा गई ५७ वटा लघुवित्त संस्थाहरूले २८ लाख भन्दा धेरै स-साना ऋणीहरूलाई ४ खर्ब रुपैयाँभन्दा धेरै ऋण प्रवाह गरेको विज्ञप्तिमा उल्लेख छ । 
    । यी सबै संस्थाहरूले ८२ हजारभन्दा धेरै कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । 

    “आ.व. २०७९/८० मा बैङ्क तथा वित्तीय संस्थाहरूले नेपाल सरकारलाई ३१ अर्ब रुपैयाँभन्दा धेरै राजश्व बुझाउनुका साथै संस्थागत सामाजिक उत्तरदायित्व बमोजिम बैङ्क तथा वित्तीय क्षेत्रहरूले ७७ करोड रुपैयाँ भन्दा धेरै विविध सामाजिक कार्यहरूमा खर्च गरेका छन्,” विज्ञप्तिमा उल्लेख छ “अन्तर्राष्ट्रिय बैङ्किङ्ग सिद्धान्तलगायतलाई आत्मसात गर्दै नेपाल राष्ट्र बैङ्कले तोकेको नीतिगत व्यवस्थाहरूको पालना गर्दै, नेपालको बैङ्किङ्ग क्षेत्र उदाहरणको रूपमा स्थापित भएको छ ।”  

    नेपाल राष्ट्र बैङ्कको सुक्ष्म निगरानी र सोको नीति/नियमहरूको अधिनमा रहेर प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्दै  आएको बैङ्किङ्ग क्षेत्र पारदर्शी मात्र नभई सुपरीवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको चार ओटा सङ्गठनहरूको दावी छ । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार