images
images

६ महिनामा ३ लाखले करदाताले लिए व्यक्तिगत प्यान नम्बर, व्यावसायिक प्यान नम्बर लिनेको संख्या कति ?

६ महिनामा ३ लाखले करदाताले लिए व्यक्तिगत प्यान नम्बर, व्यावसायिक प्यान नम्बर लिनेको संख्या कति ?

मंगलवार, फागुन ८ २०८०
मंगलवार, फागुन ८ २०८०
  • ६ महिनामा ३ लाखले करदाताले लिए व्यक्तिगत प्यान नम्बर, व्यावसायिक प्यान नम्बर लिनेको संख्या कति ?

    काठमाडौँ / चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा तीन लाख करदाताले व्यक्तिगत स्थानी लेखा नम्बर (प्यान नम्बर) लिएका छन् । 

    images
    images

    अर्थ मन्त्रालयबाट प्राप्त पुस मसान्तसम्मको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा ३ लाख ६ सय ९१ करदाताले व्यक्तिगत प्यान नम्बर लिएका हुन् । यससँगै व्यक्तिगत प्यान नम्बर लिने करदाताको संख्या ३९ लाख ५० हजार तीन सय पाँच पुगेको छ । 

    समीक्षा अवधिमा ६० हजार दुई सय ८३ करदाताले भने व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् ।  यससँगै व्यावसायिक स्थायी नम्बर लिने करदाताको संख्या १९ लाख ३६ हजार पाँच सय ८८ पुगेको अर्थ मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

    यस्तै, समीक्षा अवधमिा दुई हजार नौ सय ६२ वटा कर कट्टी गर्ने निकायले स्थायी लेखा नम्बर लिएका छन् । तथ्यांकअनुसार हालसम्म यस्तो नम्बर लिनेको संख्या ३१ हजार ६९ पुगेको छ । समग्रमा हालसम्म व्यक्तिगत, व्यावसायिक र कर कट्टी गर्ने गरेर ५९ लाख १७ हजार नौ सय ६२ करदाताले स्थायी लेखा नम्बर लिएका छन् । 

    यसैगरी, समीक्षा अवधिमा १३ हजार सात सय २९ करदाता मूल्य अभिवृद्धि कर (भ्याट)मा सूचीकृत भएका छन् । भ्याटमा मात्रै दर्ता हुने करदाताको संख्या ३२ लाख २२ हजार ६ पुगेको छ । यसैगरी, यो ६ महिनामा पाँच हजार सात सय दुई करदाता अन्तःशुल्कमा पनि दर्ता भएका छन् । अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १२ लाख २३ हजार तीन सय ७७ पुगेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार