images
Logo
images
images
images

अमेरिकी डलरको भाउ घट्दा युरोदेखि अष्ट्रेलियन डलरसम्मको भाउ बढ्यो, कुन मुद्राको भाउ कति पुग्यो ?

अमेरिकी डलरको भाउ घट्दा युरोदेखि अष्ट्रेलियन डलरसम्मको भाउ बढ्यो, कुन मुद्राको भाउ कति पुग्यो ?

बुधवार, फागुन ९ २०८०
बुधवार, फागुन ९ २०८०
  • images
    images
    अमेरिकी डलरको भाउ घट्दा युरोदेखि अष्ट्रेलियन डलरसम्मको भाउ बढ्यो, कुन मुद्राको भाउ कति पुग्यो ?

    नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज डलरको भाउमा गिरावट आएको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ५३ पैसा र बिक्रीमा १३३ रुपैयाँ १३ पैसा तोकिएकोमा आज घटेर खरिदमा १३२ रुपैयाँ ४५ पैसा र बिक्रीमा १३३ रुपैयाँ ०५ पैसामा सीमित भएको छ । 

    images
    images

    त्यस्तै, युरोपियन युरो एकको खरिद मूल्य १४२ रुपैयाँ ८७ पैसा र बिक्री मूल्य १४३ रुपैयाँ ५१ पैसाबाट बढेर खरिदमा १४२ रुपैयाँ ९८ पैसा र बिक्रीम १४३ रुपैयाँ ६३ पैसा पुगेको छ । 
    त्यस्तै, अष्ट्रेलियन डलरको भाउ पनि बढेर एकको खरिद दर ८६ रुपैयाँ ८१ पैसा र बिक्रीमा ८७ रुपैयाँ २० पैसा पुगेको छ । यता, क्यानेडियन डलरको भाउ भने घटेको छ । आज क्यानेडियन डलर एकको खरिद मूल्य ९८ रुपैयाँ २१ पैसा र बिक्री मूल्य ९८ रुपैयाँ ६५ पैसा कायम भएको छ । 

    यसैगरी, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८२ पैसा र बिक्रीमा ८ रुपैयाँ ८६ पैसा तोकिएको छ । 

    यसैगरी साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ३२ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४८ पैसा पर्नेछ । आज जापानिज येन, साउदी अरेवियन रियाल र कतारी रियाललगायतका मुद्राको भाउ सामान्य घटेको हो ।

    binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार