images
Logo
images
images
images

७ महिनाको वैदेशिक व्यापार :  आयात २.३१ र निर्यात ७.०७ प्रतिशतले घट्यो, व्यापार घाटा कति ?

७ महिनाको वैदेशिक व्यापार :  आयात २.३१ र निर्यात ७.०७ प्रतिशतले घट्यो, व्यापार घाटा कति ?

वैदेशिक व्यापारमा आयातको तुलनामा नेपालको निर्यात अत्यन्तै न्यून !

बुधवार, फागुन ९ २०८०
बुधवार, फागुन ९ २०८०
  • images
    images
    ७ महिनाको वैदेशिक व्यापार :  आयात २.३१ र निर्यात ७.०७ प्रतिशतले घट्यो, व्यापार घाटा कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को सात महिनामा आयात २ प्रतिशतले घटेको छ भने निर्यात ७ प्रतिशतले घटेको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको साउनदेखि माघ मसान्तसम्मको वैदेशिक व्यापार तथ्याङ्क अनुसार वैदेशिक व्यापारमा आयातको तुलनामा नेपालको निर्यात अत्यन्तै न्यून रहेको छ । 

    तथ्याङ्क अनुसार ७ महिनामा आयात २.३१ प्रतिशतले घटेर ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधीमा नेपालले विभिन्न मुलुकहरूबाट ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख ४७ हजार रुपैयाँ बराबरको वस्तु तथा समानहरू आयात गरेको थियो । 

    यस्तै, माघ मसान्तसम्ममा नेपालबाट विभिन्न मुलुकहरूमा पठाइने वस्तु तथा सामानको निर्यात ७.०७ प्रतिशतले घटेर ८६ अर्ब ८३ करोड ९ लाख ११ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक बर्षको सोहि अवधीमा नेपालले विभिन्न मुलुकहरूमा ९३ अर्ब ४३ करोड २३ लाख ३८ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात गरेको थियो । 

    यस्तै, ७ महिनाको अवधिमा नेपालले वैदेशिक व्यापारमा ८ खर्ब ११ अर्ब रुपैयाँ घाटा बेहोरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १.७७ प्रतिशतको गिरावट हो । गत आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालले ८ खर्ब २५ अर्बभन्दा बढीको व्यापार घाटा बेहोरेको थियो । यो चालू वर्षको तुलनामा १३ अर्बभन्दा धेरै हो । 

    यता, आयात र निर्यात नै घटेपछि ९ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँको कूल वैदेशिक व्यापार भएको छ । गत आर्थिक वर्षको यही अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड रुपैयाँको कूल वैदेशिक व्यापार भएको थियो । तथ्यांकअनुसार गत आर्थिक वर्षको ७ महिनाको अवधिको तुलनामा यो वर्ष कूल वैदेशिक व्यापार २.७५ प्रतिशतले खुम्चिएको छ ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार