images
images

दार्शनिक प्लेटोका विश्वप्रसिद्ध भनाईहरु

दार्शनिक प्लेटोका विश्वप्रसिद्ध भनाईहरु

बिहिवार, फागुन १० २०८०
बिहिवार, फागुन १० २०८०
  • images
    images
    दार्शनिक प्लेटोका विश्वप्रसिद्ध भनाईहरु

    विश्वका महान दार्शनिक प्लेटोको ईसापूर्व ४२८ मा एथेन्स (युनान) मा जन्मिएका थिए । वास्तविक नाम एरिस्टो क्लिज थियो, तर उनलाई हामी प्लेटो भनेर चिन्दछौँ ।

    images
    images

    अरस्तुका गुरु प्लेटो हुन् भने प्लेटोका गुरु सुकरात हुन् । दार्शनिक हिसाबले सबैभन्दा माथि सुकरात त्यसपछि प्लेटो र अन्तमा अरस्तुको नाम विश्व समाजले लिने गर्दछन् । प्लेटोले सबैभन्दा माथि ज्ञाीन वा शासक वर्ग, बीचमा सैनिक अर्थात् रक्षक वर्ग र सबैभन्दा तल पैसा कमाउने आर्थिक वर्ग रहन्छ भनेका छन् । 

    जहाँ अज्ञान छ त्यहाँ झगडा हुन्छ उनले भनेका छन् । हामी जे कुराको इच्छा राख्छौँ, कालान्तरमा हामी त्यहि बन्छौँ, उनले हजारौं बर्षअघि भनेका छन्, ज्ञान भनेको आफूभित्र भएको कुरालाई फेरी पत्ता लगाउँनु हो ।

    र सबैभन्दा ठूलो सम्पत्ति भनेको थोरैमा सन्तुष्ट भएर बाँच्नु हो । आजपनि उनका विश्व प्रसिद्ध भनाईहरु उत्तिकै सान्दर्भिक छन् । पढौं उनका लोकप्रिय भनाईहरु 

    १. गरिबीको कारण सम्पत्तिको कमी होइन,चाहनाहरु धेरै भएर हो ।

    २. हामी जे कुराको इच्छा राख्छौँ,कालान्तरमा हामी त्यहि बन्छौँ ।

    ३. ज्ञान भनेको आफूभित्र भएको कुरालाई फेरी पत्ता लगाउँनु हो ।

    ४. सबैभन्दा ठूलो सम्पत्ति भनेको थोरुैमा सन्तुष्ट भएर बाँच्नु हो ।

    ५. सोच्नु भनेको नितान्त आफ्नै आत्मासँग कुरा गर्नु हो ।

    ६. शिक्षा भनेको हाम्रा सन्तानलाई राम्रा कुराको चाहना गर्न सिकाउनु हो ।

    ७. सबैभन्दा पहिलो र सबैभन्दा उत्कृष्ट जित भनेको आफूमाथि विजय पाउँनु हो ।

    ८. कसैले जति नै ढिला भए पनि निरन्तर केहि न केहि प्रगति गरिरहेको छ भने,त्यसलाई निरुत्साहित पार्ने काम नगर, यदि तिमी स्वयं नै त्यो व्यक्ति होउ भने पनि ।

    ९. आफ्नो गुफा भन्दा बाहिर निस्किनु मेरो साथी हो, हो बाहिर केहि चिसो छ, तर त्यहाँबाट आकाशका ताराहरु धेरै सुन्दर देखिन्छन् ।

    १०. जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन भने त्यस्तो व्यक्तिले जोत्छ मात्रै केहि गर्न सक्दैन ।

    ११. जसले कुनै शक्तिको इच्छा राख्दैन उ नै सो शक्ति पाउँने उपर्युक्त व्यक्ति हो ।

    १२. सबै भन्दा खराब न्याय भनेको न्याय दिएको जस्तो नाटक गर्नु हो ।

    १३. आफ्नो सन्तानलाई तपाईको इच्छा अनुसार हिँड्न बाध्य नगराउनुहोस्, उनीहरु छुट्टै समयको लागि बनेका हुन् ।

    १४. तीन श्रोतहरुबाट मानिसको व्यवहार प्रदर्शित हुन्छ,चाहना,भावना र ज्ञान ।

    १५. प्रत्येकसँग नम्र बोल,किनभने तिमीले जसलाई भेट्छौ उ पनि आफैमा कुनै कठिन लडाई लडिरहेको हुनसक्छ ।

    १६. वास्तविकता भनेको हाम्रो मस्तिष्कमा श्रृजित हुने कुरा हो,यदि हामीले आफ्नो सोच बदल्छौँ भने वास्तविकता आफै बदलिन्छ ।

    १७. यदि तिमी सरकारको चालचलन प्रति कुनै महत्व राख्दैनौँ भने तिमी मूर्खहरुद्वारा शासित हुन बाध्य हुन्छौ ।

    १८. सत्य बोल्नेलाई जति घृणा अरु कसैलाई गरिँदैन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार