चर्चित समाचार
  • निर्यातमा नाफाको गन्तव्य बन्दै अमेरिका, के जान्छ, के आउँछ ?

    निर्यातमा नाफाको गन्तव्य बन्दै अमेरिका, के जान्छ, के आउँछ ?

    भन्सार विभागको तथयाङ्क अनुसार ७ महिनामा नेपालले अमेरिकाबाट ९ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने अमेरिकामा ९ अर्ब ५४ करोडको निर्यात गरेको छ ।

    बिहिवार, फागुन १० २०८०
    बिहिवार, फागुन १० २०८०
  • निर्यातमा नाफाको गन्तव्य बन्दै अमेरिका, के जान्छ, के आउँछ ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को सात महिनामा नेपालले वैदेशिक व्यापारमा ८ खर्ब ११ अर्ब रुपैयाँ घाटा बेहोरेको छ । तर, भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको वैदेशिक व्यापार तथ्याङ्क अनुसार मुलुकको निर्यात व्यापार खस्किए पनि अमेरिकासँगको व्यापार नाफामा देखिएको छ । 

    सुरुका वर्षमा अमेरिकासँग आयात–निर्यात व्यापारमा घाटा भए पनि गत वर्षदेखि नाफामा गएको विभागको तथ्याङ्क छ । अमेरिकासँगको व्यापार गत आर्थिक बर्ष २०७९/८० को माघ मसान्तसम्ममा ८ करोड ७६ लाख २३ हजार रुपैयाँ नाफामा रहेकोमा चालु आर्थिक वर्षको पहिलो सात महिनामा ३६ करोड ४७ लाख ९३ हजार  रुपैयाँ नाफा भएको छ । 

    भन्सार विभागका अनुसार गत आर्थिक बर्षको ७ महिनासम्ममा १० अर्ब ६४ करोड ८८ लाख ३५ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो भने  १० अर्ब ७३ करोड ६४ लाख ५८ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । यस्तै, चालु आर्थिक बर्षको ७ महिनामा ९ अर्ब १७ करोड ५८ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ९  अर्ब ५४ करोड ६ लाख ८२ हजार रुपैयाँको निर्यात भएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक बर्षको तुलनामा अमेरिकासंगको वस्तु तथा सामानको आयात तथा निर्यात घटेपनि वैदेशिक व्यापारमा भने नाफा भएको देखिन्छ । 

    विभागका अनुसार निर्यात हुने पहिलो नम्बरमा भने भारत नै पर्छ । तर भारतसँग भने नेपालको वैदेशिक व्यापार घाटा छ । ७ महिनामा भारतबाट ५ खर्ब ५४ अर्ब ७५ करोड ८८ लाख ४१ हजार रुपैयाँ बराबरको आयात हुँदा ५८ अर्ब ७२ करोड ३७ लाख ९९ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । अर्थात यस अवधिमा भारतसँग मात्रै नेपालले ४ खर्ब ९६ अर्ब ३ करोड ६० लाख ९० हजार रुपैयाँ बराबरको घाटा व्यहोरेको छ । 

    यस्तै विभागको तथयाङ्क अनुसार नेपाले भुटानसंगपनि ३८ अर्ब रुपैयाँ भन्दा बढी घाटा व्यहोरेको छ । तथ्याङ्क अनुसार ७ महिनामा नेपालले भुटानबाट ७२ करोड ३७ लाख ७९ हजार रुपैयाँ बराबरको वस्तु तथा सामानको आयात गर्दा ३४ करोड २० लाख ७३ हजार रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ । अर्थात यस अवधिमा भुटानसंग मात्रै नेपालले ३८ करोड १७ लाख ६ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । 

    यता, तथ्याङ्क अनुसार नेपालले भारतपछि सबैभन्दा बढी व्यापार गर्ने चीनसँगको व्यापार असन्तुलन चिन्ताजनक बन्दै गएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन नेपालको छिमेकी मात्रै होइन, महत्वपूर्ण व्यापार साझेदार मुलुक पनि हो । चालु आर्थिक बर्षको ७ महिनामा नेपालले चीनबाट १ खर्ब ७३ अर्ब ९ करोड ११ लाख ५७ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गर्दा १ अर्ब ८५ करोड ४८ लाख ४ हजार रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ । 

    अर्थात यस अवधिमा चीनसंग मात्रै नेपालले १ खर्ब ७१ अर्ब २३ करोड ६३ लाख ५३ हजार रुपैयाँ बराबरको बराबरको घाटा व्यहोरेको छ । यता, तथ्याङ्क अनुसार नेपालले एक रुपैयाँको निर्यात गर्दा चीनबाट करिब एक सय रुपैयाँको आयात भएको देखिन्छ । 

    नेपालबाट अमेरिकामा के–के निर्यात हुन्छ ?

    चालुु आर्थिक बर्षको सात महिनामा नेपालले अमेरिकामा चिया, कफी, बेसार, मैदा, रुदाक्ष लगायत वस्तुहरू निर्यात गरेको छ । मह, पास्ता, चिउरा, जुस, दालमेठ, नमकिन, छुर्पी (डग फुड), होमियोप्याथिक औषधी, वनस्पतिजन्य तेल, अगरबत्ती, हातेझोला, उनी फेल्टजन्य सामग्री, गहना, हस्तकला जन्य सामग्री तथा हातले बुनेको कागजजन्य सामग्री पनि नेपालबाट अमेरिकामा निर्यात भएको छ । यस्तै, काष्ठकला, गलैँचा, गार्मेन्टअन्तर्गत ज्याकेट, टिर्सट तथा पाइन्ट र पन्जा, सेरामिक्स बटन, सेनिटरी प्याड लगायतका वस्तुहरूले नेपालबाट अमेरिकामा निर्यात भएको छ । 

    चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा नेपालबाट अमेरिकामा ३ करोड १८ लाख ४९ हजार रुपैयाँ बराबरको कफि तथा चिया निर्यात भएको छ । यस्तै, उक्त समयमा ३ करोड ११ लाख ९५ हजार रुपैयाँ बराबरको विभिन्न प्रकासको मरमसला, १२ लाख ३८ हजार रुपैयाँ बराबरको सोयाविन, ७२ लाख १४ हजार रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात गरेको छ । 

    यस्तै, ९ करोड ५८ लाख ४४ हजार रुपैयाँ बराबरको पास्ता, ७० लाख ४३ हजार रुपैयाँ बराबरको चिउरा, १२ लाख ७४ हजार रुपैयाँ बराबरको पापड, १ करोड ४९ लाख १६ हजार रुपैयाँ बराबरको नेपाली अचार, १३ लाख ६४ हजार रुपैया बराबरको दलमोथ, नमकीन, भुजिया र चमेना (टिबिट) र १ अर्ब ४५ करोड ८१ लाख ९६ हजार  रुपैयाँ बराबरको डक तथा क्याट फुड अर्थात छुर्पि चालु आर्थिक बर्षको ७ महिनामा नेपालले अमेरिकामा निर्यात गरेको छ । 

    अमेरिकाबाट नेपालमा के–के आउछ ? 

    मुख्यतयाः अमेरिकाबाट नेपालतर्फ कृषिजन्य र प्रविधिजन्य वस्तु तथा सामानहरूको आयात हुने गरेको छ । अमेरिकाबाट नेपालले ७ महिनामा रुएभोकार्डो, सखरखण्ड, भटमास, कफी, तरकारीको बीउहरू, चुइङ्गम, चक्लेट, तोरि, फुड सप्लिमेन्ट, ह्विस्कीको कच्चा पदार्थ जस्ता वस्तु आयात गरेको छ । 

    यस्तै, फर्नेस आयाल, बेस आयाल, लुब्रिकेन्ट आयाल, खाद्य तथा मेसिनरी कच्चा पदार्थ, भ्याक्सिन, कस्मेटिक सामाग्रीहरू, स्याम्पु, परफ्युम, साबुन, मेडिकल इक्युपमेन्ट लगायतका वस्तु तथा सामानहरू पनि आयात गरेको छ । 

    गत बर्ष १४ करोडले व्यापार नाफामा, अन्य कुन बर्ष कति ? 

    1.JPGस्रोत : भन्सार विभाग 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार