images
Logo
images
images
images

खप्तडमा पर्यटक बढे, ७ महिनामा भित्रिए ८८३ पर्यटक

खप्तडमा पर्यटक बढे, ७ महिनामा भित्रिए ८८३ पर्यटक

बुधवार, फागुन १६ २०८०
बुधवार, फागुन १६ २०८०
  • images
    images
    खप्तडमा पर्यटक बढे, ७ महिनामा भित्रिए ८८३ पर्यटक

    डोटी / भूस्वर्गका नामले परिचित खप्तडमा सात महिनामा ८८३ पर्यटक भित्रिएका छन् ।

    images
    images

    सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण पर्यटकीय क्षेत्र मानिएको खप्तडमा चालु आर्थिक वर्षको सात महिनामा ८८३ पर्यटक भित्रिएका हुन् । 

    खप्तड राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार यस वर्षको साउनदेखि माघ मसान्तसम्ममा १८ विदेशी र आठ सय ६५ स्वदेशी पर्यटक खप्तड घुम्न आएका हुन् । 

    आव २०७७/७८ मा तीन विदेशी र एक हजार ६८५ नेपालीले तथा २०७८/७९ मा १९ विदेशी, तीन सार्क राष्ट्रका र दुई हजार १८७ नेपालीले खप्तडको भ्रमण गरेका निकुञ्ज कार्यालयले जनाएको छ ।

    आव २०७९/८० मा दुई हजार ८९१ जना पर्यटकले खप्तडको भ्रमण गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार