images
images

पारदर्शी रूपमा कारोबार गरेको दाबी गर्दै बैङ्किङ क्षेत्रका चार सङ्गठनले भन्यो ‘पहिले थुन अनि सुन’को प्रक्रियाले बैङ्करको मनोबल खस्कियो

पारदर्शी रूपमा कारोबार गरेको दाबी गर्दै बैङ्किङ क्षेत्रका चार सङ्गठनले भन्यो ‘पहिले थुन अनि सुन’को प्रक्रियाले बैङ्करको मनोबल खस्कियो

बुधवार, फागुन १६ २०८०
बुधवार, फागुन १६ २०८०
  • पारदर्शी रूपमा कारोबार गरेको दाबी गर्दै बैङ्किङ क्षेत्रका चार सङ्गठनले भन्यो  ‘पहिले थुन अनि सुन’को प्रक्रियाले बैङ्करको मनोबल खस्कियो

    काठमाडौँ / बैङ्किङ क्षेत्रका चार सङ्गठनहरूले बैङ्किङ कसुरसँग सम्बन्धित प्रक्रियाको कारण बैङ्कहरूको मानसिक तथा सामाजिक अवस्थामा गम्भीर असर पुर्याएको बताएका छन् । तत्कालीन सेन्चुरी बैङ्कको कर्जा प्रवाहको विषयलाई लिएर तत्कालिन सिइओ तुल्सीराम गौतम र र हाल प्रभु बैङ्कका सिनियर डिसिइओलगायतलाई सिआइबीले पक्राउ गरेपछि बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बैङ्कर्स सङ्घ, डेभलपमेन्ट बैङ्कर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था सङ्घ र नेपाल लघुवित्त बैङ्कर्स सङ्घले यस्तो बताएको हो । 

    “बैङ्किङ्ग कसुरसँग सम्बन्धित अनुसन्धान प्रक्रिया ‘पहिला सुन अनि थुन’ हुनु पर्नेमा ‘पहिले थुन अनि सुनको’ प्रक्रियाले बढावा पाएको छ,” विज्ञप्तिमा भनिएको छ । 

    यसले बैङ्करहरूको मानसिक तथा सामाजिक अवस्थामा गम्भिर असर पु¥याएको, यसबाट यस क्षेत्रमा काम गर्ने कर्मचारीहरूको मनोवल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने जाने र समग्र अर्थतन्त्रको विकासमा समेत असर पुग्ने बैङ्करहरू बताउँछन् । 

    बैङ्क तथा वित्तीय संस्थाहरूले चल/अचल सम्पत्ति बाहेक परियोजना, व्यापार, नगद प्रवाह लगायत थुप्रै आधारहरु हेरेर नेपाल राष्ट्र बैङ्कबाट जारी निर्देशनहरूको अधिनमा रही कर्जा प्रवाह गर्ने गर्दछन् । 

    समस्त ग्राहकहरूको हक–हितलाई मुख्य प्राथमिकतामा राखी निक्षेपकर्ताहरूको बचतलाई सुरक्षित गर्दै, ऋणीहरूलाई कर्जा प्रवाह गरी देशमा आवश्यक पुँजी निर्माणमा यस क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बैङ्करहरूको भनाइ छ । 

    यसरी पारदर्शी रुपमा नियामक निकायबाट निर्देशित सिद्घान्तलाई अक्षरस पालना गर्दै अगाडि बढिरहेको संवेदनशील वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरू भयरहित रूपमा काम गर्ने वातावरणको सुनिश्चितताको प्रत्याभूति गराउनसमेत बैङ्किङ क्षेत्रका यी चार सङ्गठनले माग गरेको छ । 

    “बैङ्किङ्ग क्षेत्र जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको धरपकड एवं पक्राउ बारे समस्त बैङ्किङ्ग क्षेत्र नै चिन्तित र आतङ्कित बनेको, यसबाट यस क्षेत्रका कर्मचारीहरूको मनोवल समेत खस्कन गएका हुँदा राज्यका सम्बन्धित निकायहरू यस बिषयमा गम्भिर भइदिन हामी आग्रह गर्दछौँ” विज्ञप्तिमा भनिएको छ, “कर्जा लगानीका सम्बन्धमा नियमकिय निर्देशनको परिधिभित्र रहि आआफ्नो कर्जा नीति तथा कार्यविधिभित्र बसी बैङ्क तथा वित्तीय क्षेत्रका कर्मचारीहरूले गरेको काम कारवाहीलाई नै आधार मानी हुने धरपकड नरोकिएमा यस क्षेत्रमा ठूलो चुनौती आउन सक्ने भएकाले तत्कालै यस तर्फ गम्भीर भई दिन समेत हामी सम्बन्धित सबैलाई आग्रह गर्दछौँ ।” 

    नेपालका बैङ्क तथा वित्तीय संस्थाहरूले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, नेपाल राष्ट्र बैङ्कबाट जारी हुने निर्देशनहरू तथा अन्य प्रचलित ऐन, नियमका साथै बैङ्किङ्ग क्षेत्रका मान्य सिद्धान्तहरू समेतको पालना गरी पारदर्शी तरिकाले बैङ्किङ्ग कारोवार गर्दै आइरहेको यी चार सङ्गठनको दावी छ । 

    नेपाल राष्ट्र बैङकबाट बैङ्किङ्ग कारोवार गर्नका लागि इजाजतपत्रप्राप्त बैङ्क तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैङ्कबाट जारी निर्देशनहरूको अधिनमा रही संस्थाहरूको आ–आफ्नै नीति तथा कार्यविधि बमोजिम आ–आफ्नो अधिकार क्षेत्र भित्र रहि निक्षेप सङ्कलन तथा कर्जा लगानी गर्दै आएको उक्त विज्ञप्तिमा दावी गरिएको छ । 

    बैङ्क तथा वित्तीय संस्थाहरूमा कुनै पनि लगानी सम्बन्धी कार्य गर्दा सो मा संलग्न हुने सबै कर्मचारी तथा संचालक समितिले विधिको पालना गरी असल मनसायबाट कार्य गर्दै आएको र कथंकदाचित कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा सोमा संलग्न व्यक्तिहरूलाई प्रचलित कानून बमोजिम कारवाही हिजोका दिनमा पनि भएको र अब पनि हुनुपर्नेमा द्विविधा नरहेको उनीहरूको भनाइ छ । 

    सम्बन्धित निकायलाई आवश्यक परेको खण्डमा बैङ्कका कर्मचारी, सम्बन्धित बैङ्क र नेपाल बैङ्कर्स संघ सहयोग र समन्वयको लागि सधैंँ तत्पर रहेको तर अपराधी उम्किन नहुने तथा निर्दोषले सजाय पाउन नहुने भन्ने न्यायका सिद्धान्तमा आफूहरू प्रतिवद्ध यी चार सङ्गठनले जनाएको छ ।

    प्रचलित कानून, नियमनकारी निकायबाट जारी निर्देशनहरू तथा बैङ्किङ्ग क्षेत्रको मान्य सिद्धान्तहरूको अधिनमा रही काम गरि रहेका बैङ्क तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरूलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेको कारण निजहरूले असल नियतबाट गरेको कामलाई वेवास्ता गर्दै अनाहकमा कारवाहीको भागिदार बनाउन नहुने विज्ञप्तिमा उल्लेख छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार