चर्चित समाचार
  • लुइँटेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै इन्जाको छैठौँ सम्मेलन जापानमा सम्पन्न

    लुइँटेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै इन्जाको छैठौँ सम्मेलन जापानमा सम्पन्न

    आइतवार, फागुन २० २०८०
    आइतवार, फागुन २० २०८०
  • लुइँटेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै इन्जाको छैठौँ सम्मेलन जापानमा सम्पन्न

    काठमाडौँ / नेपाली पत्रकारहरूको अन्तर्राष्टिय सञ्जाल (इन्जा)को अन्तर्राष्टिय टोकियो सम्मेलन शुक्रबार सम्पन्न भएको छ । 

    इन्जाको उक्त सम्मेलन गुणराज लुइँटेलको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दै शुक्रबार सम्पन्न भएको हो । 

    कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विष्णु शीतल, उपाध्यक्षत्रयमा टंक पन्त, किशोर सापकोटा र ददि सापकोटा, महासचिवमा दीपक रिजाल र सचिवमा आनन्द कोइराला निर्विरोध निर्वाचित भएका छन् । 

    त्यसैगरी, रीता सापकोटा, कमल ढकाल, ध्र्रुव पौडेल, विष्णु शर्मा, डावा ढकाल, विनेश खनाल, विजय थापा र खेम भट्टचन कार्यसमितिको सदस्यमा चयन भएका छन् । 

    वरिष्ठ पत्रकार भूषण घिमिरेको संयोजकत्वमा पत्रकारद्वय कृष्णा पौडेल र सिर्जना ढकाल रहेको निर्वाचन कमिटीले उनीहरू निर्वाचित भएको घोषणा गरेका थिए । 

    यसअघि आयोजित इन्जा डेका अवसरमा आयोजित अन्तर्क्रियामा टोकियोस्थित नेपाली दूतावासका नियोग उपप्रमुख एवम् काउन्सुलर अम्बिकाप्रसाद जोशीले विश्वभरि छारिएर बसेका सबै नेपालीहरू आपसमा ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नका इन्जाले ब्रेन सर्कुलेशनका कार्यक्रमहरू प्रवरद्धन गर्न सुझाव दिए । 

    उनले बस्तुनिष्ठ र सामाजिक उत्तरदायित्वका हिसावले सकरात्मक समाचार प्रवाह गर्न विदेशमा रहेका पत्रकारहरू सक्षम हुने विश्वास व्यक्त गरे । 

    इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइँटेलले व्यक्ति विशेषले कुनै लाभ प्राप्तिका लागि सामाजिक सञ्जालका माध्यमबाट प्रसारण गरेका सबै सामग्रीलाई पत्रकारिताका रूपमा बुझिदिँदा समाजमा द्विविधा उत्पन्न भएको बताउँदै सत्य तथ्यमा आधारित विषयबस्तु जनमानसमा सही तरिकाले पुर्याउन पत्रकारले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । 

    इन्जाले विभिन्न देशमा रहेका नेपाली नियोगहरुसँग नजिक रहेर सहकार्य गर्न संस्था तयार रहेको उनले बताए । 

    nes japan1.jpg

    संस्थाका उपाध्यक्ष टंक पन्तले इन्जाको उद्देश्यअनुरुप सङ्कटमा रहेका नेपाली सञ्चारकर्मीलाई गरिदैँ आएको सहयोगको बारेमा इन्जा केन्द्रित रहने बताए । 

    एभरेष्ट इन्टरनेशनल स्कूलका प्राचार्य विष्णुप्रसाद भट्टले सामाजिक रूपान्तरणमा मिडियाको महत्त्वपूर्ण भूमिका रहने बताउँदै नेपाली वेशभूषा, कला, संस्कृतिलाई अन्तरारराष्टिय समुदायमा पुर्याउन आफ्नो विद्यालयले गरेको योगदान उजागर गर्न आवश्यक रहेको विचार व्यक्त गरे । 

    सो अवसरमा एनआरएन ग्लोबलका वरिष्ठ उपाध्यक्ष रविन शेरचन, महिला विभागकी प्रमुख अनिता गुरुगं, साहित्यकार मञ्जु गिरी, पत्रकार मनिषा चौलागाईँ र दीपक गौतमले प्रवासमा रहेका नेपालीका समस्या र समाधान गर्न चालिनुपर्ने कदमबारे सुझाव दिएका थिए । 

    सन् २०१८ मा मार्च १ तारिख स्थापना भएको इन्जाको अमेरिकामा मुख्यालय छ भने एशिया, यूरोप र अफ्रिकामा शाखा रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार