images
images

२८ देशमा नेपाल टेलिकमको सिमकार्डमा सस्तो दरमा डाटा रोमिङ सेवा, कुन देशमा लिन सकिन्छ ?

२८ देशमा नेपाल टेलिकमको सिमकार्डमा सस्तो दरमा डाटा रोमिङ सेवा, कुन देशमा लिन सकिन्छ ?

बुधवार, फागुन २३ २०८०
बुधवार, फागुन २३ २०८०
  • २८ देशमा नेपाल टेलिकमको सिमकार्डमा सस्तो दरमा डाटा रोमिङ सेवा, कुन देशमा लिन सकिन्छ ?

    काठमाडौँ / नेपाल टेलिकमले विदेशमा टेलिकमको सिम प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागि पहिले भन्दा निकै नै सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराएको जनाएको छ ।

    images
    images

    यसरी विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ता आउटबाउन्डहरूले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डेटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरूसँग गरिएको सम्झौता अनुसार उक्त महसुल दरमा भारी कटौती भएकोले थप सस्तो दररेटमा सेवा सञ्चालन गरिएको हो ।

    यस अनुसार अब टेलिकमको पोस्टपेड तथा प्रिपेड सिम प्रयोगकर्ताहरुले विश्वमा रहेका २८ देशका रोमिङ पार्टनरहरुको नेटवर्कमा आवद्ध भई डाटा रोमिङ सेवा प्रयोग गर्दा सस्तो मूल्यमा डाटा सेवा उपलब्ध हुने प्रवक्ता हरि ढकालले जानकारी दिए । 

    उनका अनुसार अब नेपाल टेलिकमकै पोस्टपेड तथा प्रिपेड सिम प्रयोग गरी अस्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रीस, हंगेरी, आयरल्यान्ड, इजरायल, इटाली, जापान र कोरियामा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध हुनेछ । त्यसैगरी मलेसिया, म्यानमार, नेदरल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेयिबा, सिंगापुर, श्रीलंका, स्विजरल्यान्ड, युएई, युके, युएसए र भियतनाममा समेत सस्तो दरमा डाटा रोमिङ सेवा प्रयोग गर्न सकिने छ । 

    रोमिङ सेवा र यसको महसुल दर वारेमा विस्तृत विवरण https://www.ntc.net.np/services/international-roaming मार्फत हेर्न सकिने उनको भनाइ छ । 

    डाटा रोमिङ सुविधा प्रयोग गर्नका लागि ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्दछ । पोस्टपेड तथा प्रिपेड ग्राहकहरुले नेपालमै रहँदा आफ्नो मोबाइलबाट *1415*7#  डायल गरी वा प्रिपेड ग्राहकहरुले नेपाल टेलिकम एप मार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सकिने ढकालको भनाइ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार