images
images

अन्तर्राष्ट्रिय महिला दिवस : विपद् र प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय महिला दिवस : विपद् र प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

शुक्रवार, फागुन २५ २०८०
शुक्रवार, फागुन २५ २०८०
  • images
    images
    अन्तर्राष्ट्रिय महिला दिवस : विपद् र प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
    images
    images

    काठमाडौँ / ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मबाट महिलावाद अन्तर्गत विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images

    सेन्टर फर रिप्रोडक्टिभ राइट (सीआरआर), केयर,  निड्स नेपाल, ह्युमनेटेरियन पार्टनसिप प्लेटफर्म (एचपीपी) र महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले संयुक्त रूपमा उक्त कार्यक्रम आयोजना गरेका हुन् ।

    प्रत्यक्ष चित्रकला प्रदर्शनी, नाटक, कविता, गीत संगीत तथा अन्य प्रस्तुतिकरणबाट विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारका बारेमा सचेतना गरिएको थियो । 

    चित्रकार उमेशचन्द्र अधिकारीले विपद् र प्रजनन् स्वास्थ्य तथा अधिकारबारे प्रत्यक्ष चित्र बनाएका थिए । उनले अतिथिहरुबाट थिम लिएर दुईवटा चित्र बनाएका थिए । उनको चित्रलाई दर्शकले टिप्पणी गरेका थिए ।

    विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारका बारेमा नाट्यकर्मीहरुले मार्मिक नाटक प्रस्तुत गरेका थिए । नाटक हेरेर दर्शक भावुक बनेका थिए । समाजिक परिवेशमा हसाउँदै उनीहरुले विषयवस्तु गहन ढंगले उठान गरेर बुझाउने प्रयास गरेका थिए । 

    कवितामार्फत् मुनु अधिकारीले महिलाको प्रजनन् स्वास्थ्यसम्बन्धी वास्तविकता पीडा अभिव्यक्त गरेकी थिइन् । कोपी र्यापरले प्रस्तुत गरेको र्यापमा दर्शकले सन्देशसँगै आनन्द लिएका थिए । उनको र्याप गीतमा महिलालाई सचेत गराइएको थियो ।

    उक्त कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले गरेका थिए । यसैगरी राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापति जयन्ती राईले विपद्मा प्रजनन् स्वास्थ्य र अधिकारबारे ऐन निर्माणमा आफूले भूमिका खेल्ने बताइन् ।

    एफडब्लुएलडीका अध्यक्ष गीता अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरू, अधिकारकर्मी, विभिन्न कलेजका कानुन अध्ययन गरिरहेका विद्यार्थीहरूको उपस्थिति थियो । ‘महिलामा लगानी ः सभ्य र समुन्न समाजको थालनी’ लाई ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको मूल नारा बनाइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार