images
images

कांग्रेसले ल्याएको ‘मिसन रोजगारी’ अभियान कस्तो हो, जागिर दिनेकी उद्यमी बनाउने ?

कांग्रेसले ल्याएको ‘मिसन रोजगारी’ अभियान कस्तो हो, जागिर दिनेकी उद्यमी बनाउने ?

आइतवार, फागुन २५ २०८१
आइतवार, फागुन २५ २०८१
  • images
    images
    कांग्रेसले ल्याएको ‘मिसन रोजगारी’ अभियान कस्तो हो,  जागिर दिनेकी उद्यमी बनाउने ?
    images
    images

    काठमाडौं/ नेपाली कांग्रेसको ‘मिसन रोजगारी’ अभियान सुरु भएको छ । 

    images
    images


    आइतबार पार्टी कार्यलय सानेपामा नेपाली कांग्रेसले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार ,सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ ‘मिसन रोजगारी’ अभियानको उद्घाटन गरेको हो ।  
     
    नेपाली कांग्रेस पार्टी कार्यालय, नेपाली कांग्रेस पुस्तकालय तथा स्रोत केन्द्रको समन्वयमा अभियानको सञ्चालन गरिएको हो । 

    कार्यक्रममा पार्टीका महामन्त्री गगन थापाले पहिलो छ महिना अभियान सञ्चालन गर्ने र पार्टीको राजनीतिक अवस्था हेरेर त्यसपछि समय थप गर्ने जानकारी दिए । 

    gagan thapa.JPG

    उनले भने,‘हामी पहिला यसलाई दुई भागमा बाड्छौं । पहिला छ महिना । त्यो छ महिनामा हामी जहाँसम्म पुग्न सक्छौं, त्यसपछि पार्टीको राजनीतिक अवस्था हेरेर त्यसपछि अरु थप समयमा काम गर्ने छौं । यसका लागि एक वर्षको योजना बनाएका छौं । 

    तर, पहिला छ महिनाभित्र संघ, प्रदेशको सरकारले गर्नुपर्ने कामहरु केके हुन् । भन्ने कुुरामा पनि छलफल हुन्छ ।’
    अभियान व्यवस्थित रुपमा अगाडि बढेपछि सरकारको प्राथमिकतामा रोजगार आउने उनको दाबी छ । पार्टीभित्र यसविषयमा व्यवस्थित ढंगले छलफल गरेपछि अरु पार्टीहरुसँग पनि छलफल गर्ने उनले जानकारी दिए ।

     

    bishwo prakash sharma.JPG
    उनले भने,‘यो अभियान व्यवस्थित रुपमा अगाडि बढेपछि राजनीतिक विमर्शको केन्द्रमा रोजगार प्राथमिकतामा पर्छ । सरकारको प्राथमिकतामा रोजगार आउने अवस्था बन्छ । किनकी नेपाली कांग्रेसले यसरी व्यवस्थित ढंगले छलफल गरेपछि अरु पार्टीसँग पनि छलफल गर्नेछौं । अभियानमा दर्जनौ कार्यक्रमहरु सञ्चालन गर्छौं, सयौले भाग लिनुहुन्छ ।’ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार