images
images

कांग्रेसको अर्थ नीतिको कारण मुलुकको अर्थतन्त्रले गति लिएको हो - महामन्त्री शर्मा

कांग्रेसको अर्थ नीतिको कारण मुलुकको अर्थतन्त्रले गति लिएको हो - महामन्त्री शर्मा

आइतवार, फागुन २५ २०८१
आइतवार, फागुन २५ २०८१
  • images
    images
    कांग्रेसको अर्थ नीतिको कारण मुलुकको अर्थतन्त्रले गति लिएको हो - महामन्त्री शर्मा
    images
    images

    काठमाडौं/  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको अर्थ नीतिको कारण मुलुकको अर्थतन्त्रले गति लिएको र रोजगारी सिर्जना हुन थालेको दाबी गरेका छन् ।
     
    उनले नेपाली कांग्रेसका पूर्व सभापति एवंम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले अंगिकार गरेको अर्थनीतिको कारण आजको यो अवस्था आएको बताएका हुन् ।   

    images
    images

    उनले भने, ‘बल्ल रोजगारीको विषयमा छलफल भएको भ्रम नरहोस्, प्रतिकुलता र अस्थिरताको बिचमा  सामाजिक न्याय सहितको उदार अर्थ व्यवस्थाको नीति  जुन नेपाली कांग्रेसले अंगिकार गरेको नीतिले पनि न्यूनरुपमा सहि रोजगारीको जे जस्ता अवस्था सिर्जना भएका छन् । 

    निजी क्षेत्रको जुन रुपमा विकास भएको छ नेपाली कांग्रेस पार्टी खुलेआम दावा गर्छ । यसलाई जि.वी भन्दा फरक पर्दैन । गिरिजाप्रसाद कोइरालाले लिएको नीतिको कारणले हो ।’

    उनले संसद पाँच वर्ष टिक्ने र सविधान संसोधनको लागि छलफल गरिरहेको पनि बताए । 

     नेपाली कांग्रेसले “राजनीतिक विमर्शको केन्द्रमा रोजगार – सरकारको प्राथमिकतामा रोजगार“ भन्ने लक्ष्यका साथ “मिसन रोजगारी“ अभियान सञ्चालन गरेको छ । 

    आइतवार (आज) नेपाली कांग्रेस पार्टी कार्यालय तथा  नेपाली कांग्रेस  पुस्तकालय तथा स्रोत केन्द्रको समन्वयमा संचालन हुने यस अभियानको उद्घाटन भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार