images
images

प्रेरक कुटनीतिः आफ्ना इच्छाहरू लुकाएर राख्नुहोस् !

प्रेरक कुटनीतिः आफ्ना इच्छाहरू लुकाएर राख्नुहोस् !

सोमवार, फागुन २६ २०८१
सोमवार, फागुन २६ २०८१
  • images
    images
    प्रेरक कुटनीतिः आफ्ना इच्छाहरू लुकाएर राख्नुहोस् !
    images
    images

    इमानदारी वास्तवमा एक भुत्ते हतियार हो, जसबाट काटिन्छ कम र रगत बढी बग्छ । तपाईंको इमानदारीबाट मानिसहरूलाई चोट पुग्ने सम्भावना बढी हुन्छ । 

    images
    images

    यसैले समझदारी यसैमा छ कि शब्दहरूलाई नापेर(तौलेर बोल्नुहोस् । बुद्धिमानी यसमा छ कि मानिसहरूसँग त्यही कुरा भन्नुहोस्, जे उनीहरू सुन्न चाहन्छन् । 

    यो समझदारी होइन कि तपाई उनीहरूलाई त्यो कटु सत्यता बनाइदिनुहोस् जुन तपाईं महसुस गर्नु हुन्छ या सोच्नु हुन्छ । 

    यसभन्दा पनि महत्वपूर्ण कुरा यो हो कि जब तपाईं आफ्‌ना विचार र भावी योजनाहरूका बारेमा खुलेर बताइदिनुहुन्छ, त्यस बेला तपाईंका बारेमा केही पनि लुकेको हुँदैन यस्तो स्थितिमा मानिसहरूले न त तपाईलाई सम्मान गर्नेछन्, न तपाईंसँग डराउने नै छन् । 

    ध्यान दिनु पर्ने कुरा यो हो कि जसलाई मानिसहरू सम्मान गर्दैनन् या जोसँग मानिसहरू डराउँदैनन्, त्यस व्यक्तिकहाँ शक्ति कहिल्यै आउँदैन । 

    तपाईं कुन उद्देश्यले काम गर्दै हुनुहुन्छ, यो व्यक्त हुन नदिनुहोस् । यसले गर्दा मानिसहरू झुक्किने छन् र आफ्‌नो योजना बनाउन पाउने छैनन् । 

    time- lfie- love.JPG

    यदि उनीहरूलाई यस कुराको अनुमान नै भएन कि तपाईं के गर्न चाहनुहुन्छ, अनि त उनीहरू आफ्‌नो रक्षाको योजना बनाउन सक्दैनन् । यसरी तपाईं उनीहरूलाई गलत दिशातिर निकै टाढासम्म लिएर जान सक्नुहुन्छ र निकै समयसम्म झुक्क्याउन सक्नुहुन्छ । जबसम्म उनीहरूलाई तपाईंका इच्छाहरू (विचारहरू) को जानकारी हुनेछ, त्यस बेलासम्म निकै ढिलो भइसकेको हुनेछ ।

    शक्तिको चाबी धेरैजसो मानिसहरू खुला किताब जस्तै हुन्छन् । उनीहरू मनको कुरा तत्काल भनिदिन्छन्। उनीहरू मौका मिल्नासाथ आफ्‌नो विचार प्रकट गरिदिन्छन्। उनीहरू आफ्‌ना योजनाहरू र विचारहरूका बारेमा लगातार बोलिरहन्छन। उनीहरू यस्तो कैयौं कारणहरूले गर्छन् । 

    पहिलो कुरा, आफ्ना भावनाहरू र भावी योजनाहरूका बारेमा कुराकानी गर्ने इच्छा हुनु सामान्य र स्वभाविक कुरा हो । 

    आफ्‌नो जिभ्रोमा लगाम कस्नु र आफ्‌ना कुराहरूमाथि नियन्त्रण राख्नु मुस्किल हुन्छ । 

    अर्को कुरा, कयौं मानिसहरू यो मान्छन् कि इमानदारी र स्पष्टवादिताबाट उनीहरू मानिसका हृदय जित्ने छन् र आफ्नो सज्जनतालाई प्रमाणित गर्नेछन् । उनीहरू निकै धोकामा रहन्छन्। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार