images
images

मेटमणि चौधरीको दावी : प्रचण्ड सरकारको आयु एक महिना पनि छैन

मेटमणि चौधरीको दावी : प्रचण्ड सरकारको आयु एक महिना पनि छैन

शनिवार, फागुन २६ २०८०
शनिवार, फागुन २६ २०८०
  • images
    images
    मेटमणि चौधरीको दावी : प्रचण्ड सरकारको आयु एक महिना पनि छैन

    काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले एमाले–माओवादी नेतृत्वको सरकारको आयु एक महिना पनि नरहेको दाबी गरेका छन् ।

    images
    images

    राजधानीमा आयोजित नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा लिनको आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो सरकार बेठीक नियतका साथ बनेकाले यसको आयु लामो नरहेको दाबी गरेका हुन् । 

    ‘यो सरकार बेठीक नियतको साथ बनेको छ । यद्यपि मेरो पार्टी पनि सरकारमा सहभागी छ । बेठीक नियतको साथ बनेको कारणले यो सरकारसँग अपार चुनौति छ । निकै सानो अवसर छ । यो कुरा म विश्वासका साथ भन्छ, यो सरकार मुस्किलले बढीमा एक महिनाभन्दा यसको आयु छैन,’– उनले भने । 

    नेता चौधरीले सरकार निरन्तर रुपमा अगाडि बढिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनलाई घात गरेको आरोपव लगाए । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिका कारण देशमा अस्थिरता मच्चिएको पनि उनको दाबी छ । नेता चौधरीले प्रधानमन्त्री प्रचण्डको कदम गलत रहेको जिकिर गरे । प्रचण्ड केपी ओलीभन्दा पनि गलत र अस्थिरसिद्ध भएको उनको भनाइ छ । प्रचण्डको नियतमा नै खोट रहेको र यस्तो मनोविज्ञानले बनेको सरकार भत्काउन सक्नुपर्ने उनले बताए । नेता चौधरीले प्रचण्डको जस्तो चिन्तन भएका मानिसहरुलाई मुलुकको राजनीतिको मूलधारबाट सिमान्तकृत गर्नुपर्ने उनको भनाइ छ ।

    ‘अहिले उहाँको कारणले मुलुकमा अस्थिरता मच्चिने काम भइरहेको छ । उहाँकै कारणले, उहाँबाहेक अरु कोही होईन । म हिजोका दिनमा केपी कमरेडप्रति एकखाल्को आलोचन गर्थैं तर केपी ओलीभन्दा पनि धेरै अस्थिर, गलत मान्छे । आफ्नो कुर्सी फेरिराख्छन्, सत्ता सहकर्मीहरुलाई फेरिराख्छन्, तर आफ्नो कुर्सी जोगाइराख्ने उहाँको प्रवृत्ति छ । उहाँले नेतृत्व गरेको समीकरण अब कुनै हालतमा टिक्दैन । उहाँको नियतमै खोट छ । यो मनोविज्ञानले निर्माण भएको समीकरण भत्काउनै पर्छ,’– नेता चौधरीले भने । 

    प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत पाएमा मुलुकले दुःख पाइराख्ने र प्रचण्डले आफ्नो अनुकूलतामा फेरि अर्को गठबन्धन बनाउने उनको दाबी छ । आफूले संसद्मा बोलेको कुरालाई लिएर माओवादीकै सांसदहरुले ‘प्रचण्डका कारण हामीलाई मुख देखाउन पनि लाज लागिरहेको बेला तपाईँले बोलिदिनु भयो, धेरै खुसी लागेको छ’ भनेर टेलिफोन गरेकोसमेत उनले सुनाए ।

    अबको सात दिनभित्र मुलुकको राजनीतिक कोर्ष नयाँ ढंगले अगाडि बढ्ने उनको दाबी छ ।  प्रधानमन्त्री प्रचण्डले दुई जना काण्डवाला मानिसहरुलाई लिएर अहिलेको सरकार बनाएको उनको टिप्पणी छ । 

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले गृहमन्त्री भएर आफूमाथि आइलागेको मुद्दाहरु राफसाफ गर्ने मनशाय राखेको उनको दाबी छ । नेता चौधरीले गृहमन्त्री लामिछानेको उक्त चाहना पूरा हुन नदिने बताए । 

    ‘उहाँको आफ्नो मनशाय छ– गृहमन्त्री भएर आफूमाथि आइपरेका मुद्दाहरु राफसाफ गर्ने चाहना छ । तर, त्यो राफसाफ गर्ने चाहना पुरा हुनेवाला छैन । प्रचण्डभन्दा पनि अस्थिर मान्छे घण्टी पार्टी, रवि लामिछाने,’– उनले भने । 

    केपी ओलीले प्रचण्डसँग बदला लिन हिसाब किताब गरेर बसकेको उनको भनाइ छ । नेता चौधरीले ओलीले साँवामात्रै राफसाफमात्रै नभएर ब्याज र हर्जनासमेत असुल गर्न तयार भएर बसेको उनको दाबी छ । 

    साथै, ओलीले प्रचण्डको नेतृत्वमा प्रतिनिधि सभा विघटन गराएर विगतमा आफूले ठीक गरेको थिएँ भन्ने भाष्य निर्माण गर्नसमेत चाहेको उनको दाबी छ । 

    उनले आफू वर्तमान सरकार ढाल्न र आफ्नै पार्टी अध्यक्ष माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउने उनले बताए । यदि अध्यक्ष नेपाल प्रधानमन्त्री नबने प्रचण्डबाहेक जोसुकैलाई पनि प्रधानमन्त्री बनाउन आफूहरु तयार रहेको बताए । साथै, एकीकृत समाजवादीको तर्फबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने र जतिसक्यो आफूहरु बिगार्ने खेलमै लाग्ने पनि उनले बताए । 

    ‘म मेरो ठाउँबाट यो सरकार ढाल्ने काममा लाग्छु । सकभर मेरै पार्टीका अध्यक्षलाई प्रधानमन्त्री बनाउने काममा लाग्छु । यदि भएन भने प्रचण्डबाहेक जोसुकै होस् प्रधानमन्त्री बनाउने,’– उनले भने । 

    जहिले पनि प्रधानमन्त्री बनाउन आफूहरुले त्याग गरेपनि माधव नेपाल विरामी भएर ओच्छानमा सुतिरहेको बेला थाहै नदिई प्रचण्डले अर्को गठबन्धन बनाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । साथै, ललिता निवास र माधव नेपालप्रति कुनै साइनो सम्बन्ध नरहेको उनको दाबी छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार