झम्सीखेल गार्डेन रिफ्रेसमेन्टमा होली विशेष कार्यक्रम

झम्सीखेल गार्डेन रिफ्रेसमेन्टमा होली विशेष कार्यक्रम

शुक्रवार, चैत १ २०८१
शुक्रवार, चैत १ २०८१
  • झम्सीखेल गार्डेन रिफ्रेसमेन्टमा होली विशेष कार्यक्रम
    images
    images

    काठमाडौं /  फागुपूर्णीमा २०८१ को अवसरमा झम्सीखेल गार्डेन रिफ्रेसमेन्ट रेष्टुरेण्ट (नेवाः तुच्चा क्यव) को आयोजनामा होली विशेष सांगीतिक कार्यक्रम सम्पन्न भएको छ।

    images
    images

    ललितपुरको ज्ञानोदय पुस्तकालय मार्गमा अवस्थीत रेष्टुरेण्टमा चर्चित कलाकारहरुको प्रस्तुतिका विच कार्यक्रम सम्पन्न भएको भएको सो कार्यक्रमलाई जनता टेलिभिजन एच।डी मार्फत प्रत्यक्ष प्रसारण भएको थियो।

    कार्यक्रममा वरिष्ठ कलाकार कृष्ण भक्त महर्जनले दर्शकहरुलाई व्यग्यात्मक नृत्य गरी भरपुर मनोरञ्जन प्रदान गरेका थिए भने कलाकार एन्जी तामाङले पनि आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन । 

    साहित्यकार सुरेन्द्र महर्जनले नेपाल भाषमा कविता तथा गजल बाचन गरी मनोरञ्जन प्रदान गरेका थिए । त्यसैगरी गायक राजेन्द्र डंगोल, राजेन्द्र श्रेष्ठ, सचिन श्रेष्ठ, शैलेन्द्र तुलाधर, मिठाराम के.सी (क्षेत्री) तथा देउडा गायक तेजबहादुर हमालले विभिन्न गीत गायर मनोरञ्जन प्रदान गरेका थिए ।

    झम्सीखेल गार्डेन रिफ्रेसमेन्ट रेष्टुरेण्ट (नेवाः तुच्चा क्यव) का सञ्चालक अध्यक्ष रोशन रत्न शाक्यले होली मात्र होइन हरेक चाडपर्वको अवसरमा यस खालका कार्यक्रम आयोजना गर्ने जानकारी दिएका छन।

    केहिसमय अगाडी मात्र स्थापना भएको यस रेष्टुरेन्टले नेवारी परिकारहरु पस्किदै आएको छ ।

    कार्यक्रममा विभिन्न व्यक्तीत्वहरुको उपस्थीति रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com