images
images

करोडौँ रुपैयाँ लगानी भएको देशकै ठुलो प्लाई उद्योगमा आगलागी

करोडौँ रुपैयाँ लगानी भएको देशकै ठुलो प्लाई उद्योगमा आगलागी

सोमवार, फागुन २८ २०८०
सोमवार, फागुन २८ २०८०
  • करोडौँ रुपैयाँ लगानी भएको देशकै ठुलो प्लाई उद्योगमा आगलागी

    विराटनगर / झापाको मेचीनगर १५ ज्यामिरगढीमा रहेको देशकै ठुलो भनेर दाबी गरिने एक प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । झापाको मेचीनगर–१५ ज्यामिरगढीमा रहेको भगवती लेमिनेट्स प्लाइउड कारखानामा आज बिहान ५ बजेदेखि आगलागी भएको हो ।

    images
    images

    आगलागी नियन्त्रणका लागि ८ वटा दमकल प्रयोग गरिएको छ । यद्यपि अझै नियन्त्रणमा लिन नसकिएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए । उनका अनुसार उद्योगको कच्चा पदार्थमा बढी क्षति पुगेको छ । तयारी माल भने जोगिएको उनले बताए ।

    आगलागीको कारण अनुसन्धान भइरहेको र आगलागीबाट कति क्षति भयो भन्ने विषय अहिले नै यकिन नभएको उनले बताए । उद्योगमा नेपाली र भारतीयसहित हजारभन्दा बढी श्रमिक कार्यरत छन् भने करोडौँ रुपैयाँ लगानी भएको उद्योगीको भनाई छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार