images
images

एक तोला सुनको गहना बनाउन झण्डै १ लाख ४४ हजार रुपैयाँ खर्च गर्नुपर्ने !

एक तोला सुनको गहना बनाउन झण्डै १ लाख ४४ हजार रुपैयाँ खर्च गर्नुपर्ने !

सामान्य नेपालीको पहुँच बाहिर सुनको मूल्य

सोमवार, फागुन २८ २०८०
सोमवार, फागुन २८ २०८०
  • एक तोला सुनको गहना बनाउन झण्डै १ लाख ४४ हजार रुपैयाँ खर्च गर्नुपर्ने !

    काठमाडौँ / एक तोला सुनको गहना बनाउने योजनामा हुनुहुन्छ ? त्यसो हो भने अब तपाईले झण्डै १ लाख ४४ हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख २६ हजार रुपैयाँ पर्नेछ । यो ज्याला र जर्ती बाहेकको मूल्य हो ।

    यसमा ज्याला र जर्तीको खर्च जोड्दा सुनको भाउ प्रतितोला १ लाख ४३ हजार ९ रुपैयाँ रुपैयाँ पुग्नेछ । 

    सामान्यतयाः सुन पसलेहरूले गरगहनामा १० प्रतिशत जर्ती राख्ने गरेका छन् । पुराना गहनालाई नयाँ बनाउँदा भने यो खेर जाने व्यवसायीहरू बताउँछन् । त्यस्तै, १० प्रतिशत जर्ती र ५ प्रतिशत ज्यालाको पैसा थप लाग्ने उनीहरूको भनाइ छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष मणी शाक्यले सुनको मूल्यमा ज्याला र जर्तीको खर्च औसतमा १५ प्रतिशत लाग्ने बताए । 

    “सामान्य, सादा डिजाइनको गरहगना बनाउने हो भने ज्याला र जर्तीको मूल्य ५/६ प्रतिशत पनि पर्छ । तर, अहिले विभिन्न डिजाइनको गरगहना लगाउने प्रचलन छ । सामान्य डिजाइन खासै रुचाइदैन । त्यसैले सुनको मूल्यको १५ प्रतिशत ज्याला र जर्तीको मूल्य जोडिन्छ” उनले भने, “अझै हिरा ज्वारा आदि जोड्ने भने १५ प्रतिशतभन्दा बढी लाग्छ ।”

    सुनका गहनाको प्रकृतिअनुसार जर्ती र ज्यालाको दर पनि फरक उनको भनाइ छ । 

    पछिल्लो समय सुनको मूल्य बृद्धि भएसँगै व्यापारमा पनि उच्च गिरावट आएको व्यवसायीहरू बताउँदै आएका छन् । सुनको मूल्य अचाक्ली बढेसँगै निम्नमध्यम वर्गीय परिवारका लागि सुनका गरगहना लगाउनु सपनाजस्तै बन्न पुगेको छ ।

    भन्सार विभागको तथ्याङकअनुसार पुस महिनासम्म सुनको आयातमा ५९.३ प्रतिशतले कमी आएको छ । सुनको मूल्य बढेसँगै आन्तरिक बजारमा खपत न्यून हुँदा आयातमा कमी आएको हो ।

    उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा माग पनि कम भएपछि त्यसको असर आयातमा पर्न गएको हो ।

    विभागका अनुसार आव २०७९/८० मा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपैयाँको सुन आयात भएको थियो । यस बर्ष भने महिनाको अवधिमा ११ अर्ब ८८ करोड रुपियाँ बराबरको एक हजार ३०१ किलो सुन आयात भएको विभागको तथ्याङ्क छ । सुन आयात घट्दा यसबाट सङ्कलन हुने राजस्वमा समेत कमी आएको थियो । 

    सुन आयातबाट छ महिनामा एक अर्ब ६२ करोड ७९ लाख रुपैयाँ मात्र राजस्व सङ्कलन भएको तथ्याङ्क छ । चालु आवको सुरुवातदेखि नै सुन आयात र खपतमा कमि आएको देखिन्छ । 

    तर, मङ्सीरदेखि पुस अन्तिमसम्म सुनको मूल्य १ लाख १७ हजार रुपैयाँ प्रतितोलादेखि १ लाख १९ हजार रुपैयाँसम्म कायम भएको देखिन्छ । विशेषगरी माघ र फागुन विवाहको सिजन भएकोले नेपाली बजारमा सुनको खपत केही बढ्ने देखेर व्यवसायीहरूले सुन जोहो गर्न आयात बढाएका थिए । 

    यसर्थ, गत आर्थिक वर्ष २०७९/८० को ७ महिनाको तुलनामा चालू वर्षको सोही अवधिमा सुनको आयात सामान्य बढेको देखिएको छ । चालु आर्थिक  वर्षको ७ महिनामा १२ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ बराबरको सुन भित्रिएको हो । जुन गत बर्षको सोही अवधिको तुलनामा ०.०७ प्रतिशतले बढी हो । 

    गत वर्षको सोही अवधिमा १२ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको सुन भित्रिएको थियो ।

    यता, माघ र फागुनमा सुनको व्यापार ३० प्रतिशतमा सीमित भएको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन् । 

    सामान्य नेपालीको पहुँच बाहिर मूल्य पुगेकोले सुनचाँदी बजार सुनसान रहेको उनको भनाइ छ । “माग ५० प्रतिशतले घटिसकेको छ। बिहेको सिजन लगभग सकियो अब त दैनिक कारोबार ५(१० किलोग्राम पनि नहुने देखिन्छ,” उनले भने । 

    ग्राहकहरूले नयाँ सुन किनेर गहना बनाउनुको साटो पुरानो मासेर नयाँ गहना बनाउने क्रम बढेको उनी बताउँछन्।

    अहिले नेपाल राष्ट्र बैङ्कले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न अनुमति दिँदै आएको छ।

    सुनको माग र आपूर्तिलाई भने धेरै विषयले असर पार्छ । अमेरिकासहित शक्तिशाली मुलुकहरुको ब्याजदर घटबढ, ती मुलुकको स्टक मार्केट घटबट, बिजनेस विस्तार तथा रोजगारी घटबढ, ती मुलुकको अर्थतन्त्र चलायमान र अन्तर्राष्ट्रिय द्वन्द्व हुन्।

    सन् २०२४ मा विश्वव्यापी मन्दीको डर, विवाहको सिजनका कारण सुनको माग बृद्धि हुनु, डलर परिसूचक कमजोर हुनु विश्वभरका केन्द्रीय बैङ्कहरूले सुन खरिद गर्नुलगायतका कारणले अहिले विश्व बजारमा सुनको भाउ बढेको हो । 

    हाल फेडरल रिजर्भ बैङ्कले ब्याजदर घटाउने सङ्केत दिएको कारण पनि सुनको मूल्य प्रभावित बनेको पूर्व अध्यक्ष शाक्यले बताए । फेडरल रिजर्भ बैङ्कको बुधबार र बिहीबारको बैठकपछि अध्यक्ष जेरोम पावेलले दिएको एक वक्तव्यमा फेडरल रिजर्भले ब्याजदर घटाउन सुरु गर्नेबारे सङ्केत दिएका थिए । 

    सुनको मूल्य बृद्धि हुनुमा नेपाली बजारले खासै भूमिका खेल्दैन । नेपालको विदेशी मुद्रा विनिमय दरले पनि सुनको मूल्यलाई तलमाथि पारिरहेको हुन्छ। तर, हाल डलरको मूल्य भने स्थिर जस्तै छ । 

    अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले सुन होल्ड गरेर राख्दा पनि मूल्यमा दबाव पर्छ । अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । 

    अन्तर्राष्ट्रिय बजारमा भने १.०६ प्रतिशतले बढेर प्रतिऔँस २ हजार १८०.४७ डलर कायम भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार