images
Logo
images
images
images

करका दर परिवर्तन गर्दा कारण सहितको तीन महले अनिवार्य : अर्थमन्त्री पुन

करका दर परिवर्तन गर्दा कारण सहितको तीन महले अनिवार्य : अर्थमन्त्री पुन

सोमवार, चैत ५ २०८०
सोमवार, चैत ५ २०८०
  • images
    images
    करका दर परिवर्तन गर्दा कारण सहितको तीन महले अनिवार्य : अर्थमन्त्री पुन

    काठमाडौँ / आगामी आर्थिक वर्षको बजेटमा करका दर परिवर्तन गर्दा कारण सहितको तीन महले बनाउने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । 

    images
    images

    बजेटको तयारी सुरु भैसकेको भन्दै उनले करका दर सहितका महत्वपूर्ण  दरहरू परिमार्जन गर्दा तीन महलेलाई अनिवार्य गर्न लागिएको बताएका हुन् ।

    आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) कार्यसमितिसँगको भेटमा मन्त्री पुनले यस्तो बताएका हुन् । 

    मन्त्री पुनले भने “करको दर बढ्दा पनि किन बढ्यो घट्दा पनि किन घट्यो भन्ने विषयमा तीन महलेको नयाँ काम सुरु गर्दैछौँ। केहि देशमा यो अभ्यास छ ।” 

    अहिले आर्थिक मन्दी नभएर आर्थिक सुस्तता देखिएको मन्त्री पुनको भनाइ छ ।

    “सबै क्षेत्र खराब भएको छैन, पूर्व अर्थमन्त्रीहरुले पनि धेरै मेहनत गर्नुभएको छ । सार्वजनिक वित्तमा केही समस्या छन्। पुँजीगत खर्च बढाउन सकिएको छैन । राजश्व अपेक्षा अनुसार बढ्न सकेको छैन,” उनले भने “अहिले जनताको तल्लो तहमा पैसा पुर्याउने सहकारी र लघुवित्त दुबै समस्यामा छन् । हामीले लघुवित्त पिडितलाई बोलाएर वार्ता गरिसकेका छौँ।”

    निर्माण व्यवसायीको ४० अर्ब भुक्तानीको काम सुरु हुन लागेको भन्दै उनले यसबाट राजस्व बढ्ने विश्वास व्यक्त गरे । 

    भेटमा नाफिजले अर्थतन्त्रको विविध पक्षको बारेमा सुझाव दिएको छ । अर्थ मन्त्रालयले प्रत्येक वर्ष निर्माण गर्ने  बजेट यथार्थ परक बनाउन नाफिजले मन्त्री पुनलाई सुझाव दिएको हो ।

    मन्त्रालय अन्तर्गतको भन्सार विभाग र आन्तरिक राजस्व विभागको नेतृत्वमा खुला प्रतिस्पर्धाबाट योग्य व्यक्तिको नियुक्ति हुनुपर्ने सुझाव नाफिजको छ । वार्षिक ११ खर्ब राजस्व सङ्कलन गर्न राजस्वकै विज्ञ सदस्यलाई कम्तिमा चार वर्षका लागि जिम्मा दिनुपर्ने सुझाव पनि नाफिजले दिएको छ । 

    ६ महिनामा बजेट संशोधन गर्ने मन्त्रालयको पुरानो रोगलाई सुधार गर्न पनि नाफिजले सुझाव दिएको छ । भेटमा नाफिजका कार्यवाहक अध्यक्ष मेनुका कार्कीले अर्थ मन्त्रालय र नाफिजबिच लामो समयदेखि सहकार्य भइरहेको बताउँदै यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् । 

    उनले भनिन्, “तपाईँले कार्यभार सम्हालेदेखि नै निजी क्षेत्र तथा सरोकारवालाहरूको अपेक्षा बढेको छ, हामी आर्थिक पत्रकारहरू पनि आगामी बजेट मार्फत देशको विकास र समुन्नतिको रोडम्याप तय होस् भन्ने चाहाना राख्दछौँ ।”

    अर्थ मन्त्रालयले दिनुपर्ने कोरोना बिमाको बक्यौता भुक्तानी नहुँदा सरकारप्रति सर्वसाधारणको विश्वास गुम्दै गएको तर्फ पनि नाफिजले मन्त्री पुनको ध्यानाकर्षण गराएको छ ।

    अर्थ मन्त्रालयले सुरुमा थोरै बजेट विनियोजन गर्ने र शक्तिको आधारमा आयोजनाहरूमा जथाभावी स्रोत सुनिश्चितता, रकमान्तर, स्रोतान्तर गर्ने गरेको छ । यसबाट बजेट अनुसासनको चरम दुरुपयोग भएको भन्दै मन्त्री पुनको ध्यानकर्षण गराएको छ । 

    यसैगरी सामाजिक सुरक्षमा दोहोरोपनालाई हटाएर लक्षित वर्गमा मात्रै सुरक्षाको दायारामा ल्याउनु पर्ने नाफिजको सुझाव छ । यसका लागि सामाजिक सुरक्षामा समेट्न योग्य व्यक्तिलाई परिचय पत्र बनाएर मात्रै कोष वितरण गर्न पनि नाफिजले सुझाव दिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार