काठमाडौँ / राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपाल फर्कने सम्भावना भएका करिब २२ लाख नेपाली विदेशमा रहेको पाइएको छ ।
जनगणना २०७८ को क्रममा कार्यालयले नेपालमा परिवार रहेको तर ६ महिनाभन्दा लामो समयदेखि विदेशमा बस्नेको संख्यालाई बाह्य अनुपस्थितिको सूचीमा राखेको थियो।
कार्यालयले नेपालमा परिवार रहेको तर ६ महिनाभन्दा लामो समयदेखि विदेशमा बस्नेको संख्यालाई बाह्य अनुपस्थितिको सूचीमा राखेको थियो। जसमा २१ लाख ९० हजारभन्दा बढी नेपाली विदेशमा रहेको पाइएको छ।
विदेशमा रहेको जनसंख्यामध्ये सबैभन्दा धेरै २० देखि २९ वर्ष उमेर समूहको रहेको छ। आइतरबार सार्वजनिक गरिएको जनगणना २०७८ को विस्तृत प्रतिवेदन अनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७ रहेको छ। यसमध्ये २१ लाख ९० हजार ५९२ जना विदेशमा रहेका छन्।