images
images

राष्ट्रिय योजना आयोगमा ४ सदस्य नियुक्त, चुडामणि पौडेल सचिवमा बढुवा

राष्ट्रिय योजना आयोगमा ४ सदस्य नियुक्त, चुडामणि पौडेल सचिवमा बढुवा

बिहिवार, चैत ८ २०८०
बिहिवार, चैत ८ २०८०
  • राष्ट्रिय योजना आयोगमा ४ सदस्य नियुक्त, चुडामणि पौडेल सचिवमा बढुवा

    काठमाडौँ  / सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका सदस्यमा चार जनालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    नियुक्त हुनेमा ललितपुरका डा. अरनिको पाण्डे, काठमाडौँकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत र पाल्पाका प्रा. शिवराज अधिकारी रहेका छन् ।

    साथै, बैठकले सँस्कृति पर्यटन मन्त्रालयको प्रस्तावमा नेपालका ३ जना र कोरियाका ७ जना गरी १० जनालाई सिन्धुपाल्चोकस्थित जुगल १ र जुगल २ हिमाल आरोहणमा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय पनि गरेको छ । 

    नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा कोरिया र नेपालका आरोहीले हिमाल आरोहण गर्न लागेका हुन् । 

     साथै, बैठकले चूडामणि पौडेललाई सरकारले विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ ।

    सरकारले प्रशासन सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो । 

    मन्त्रिपरिषदले २३ भदौमा सहसचिव पौडेललाई सरकारले कर्णालीको कायममुकायम प्रमुख सचिव तोकेको थियो । उनी हालसम्म सोही पदमा कायम छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार