images
images

नेपाल लाइफद्वारा जीवन बिमाका विषयमा छलफल

नेपाल लाइफद्वारा जीवन बिमाका विषयमा छलफल

शुक्रवार, चैत ९ २०८०
शुक्रवार, चैत ९ २०८०
  • नेपाल लाइफद्वारा जीवन बिमाका विषयमा छलफल

    काठमाडौं / जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले जीवन बिमाका समसामयिक विषयमा छलफल तथा अन्तकृया कार्यक्रम सम्पन्न गरेको छ ।

    images
    images

     

     विश्वमै लब्धप्रतिष्ठित तथा सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनको उपस्थितिमा एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको कम्पनीले जनाएको छ । 

    नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आथित्यता सम्पन्न उक्त विशेष कार्यक्रममा प्राधिकरणकै उच्च पदस्थ कर्मचारीहरू, जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा नेपाल लाइफ इन्सुरेन्सका कर्मचारीहरू रहेका थिए । 

     कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालको बिमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा चर्चा  गरेका थिए । 

    कार्यक्रमका प्रमुख अथिति तथा नेपाल बिमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले यस विशेष आयोजनका निम्ति यस कम्पनीलाई धन्यवाद ज्ञापन गरे । अहिले बदलिदो परिवेशमा बिमा बजारको सुधारका निम्ति नियामकको रूपमा विभिन्न पहलकदमीहरु चालिरहेको कुरा अध्यक्ष सिलवालले बताए । 

    संस्थागत सुशासन र जोखिम व्यवस्थापनको मापदण्डलाई शिरोधार्य गर्दै निर्देशनहरु जारी गर्दै आएको समयमा संसारमा भईरहेको अभ्यासको जानकारी सोहि क्षेत्रमा प्रत्क्षय रूपमा काम गरि रहेको फिलिप ज्याक्शनसँग अनुभव साटासाट गर्न पाउँदा मन प्रफुल्लित भएको  उनले बताए ।  बिमा बजारको विकाशका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै विभिन्न सुधारात्मक कार्यहरु हुँदै आएको र सोको निरन्तरता हुने प्रतिबद्धता समेत दिए । 


    विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनले नेपालको बिमा क्षेत्रका अवसर, समस्या र चुनौतीका बारेमा बृहत प्रस्तुतिकरण दिएको थियो । साथै नेपाली जीवन बिमा कम्पनीहरुलाई अहिलेको निर्देशनले भ्यालुएसनमा पारेको प्रभाव र त्यसका सीमाहरूको बारेमा चर्चा गरेको थियो । 

    साथसाथै फ्युचर बोनस प्रोभिजनिङ तथा त्यसका आयामहरूको बारेमा समेत प्रकाश पारेका थिए । 

    ज्याक्शनले नेपालमा कार्यान्वयन गर्न लागिएको रिस्क बेस्ड क्यापिटलमा आफ्नो विचारहरु प्रकट गरे । अरु मुलुकमा यसको कार्यान्वयनमा रहेको सहजता र जटिलताको बारेमा प्रकाश पार्दै नेपालमा सहज तरिकाले यसलाई कार्यान्वयन गर्न के कस्तो रणनीति अवलम्बन गर्न सकिन्छ भन्ने विषयहरु राखे । 
     

    अहिलेको नीति नियममा रहेका केही कमी कमजोरीहरुलाई औंल्लाउँदै यसलाई अन्तर्राष्ट्रिय अभ्यासहरूसँग दाँजेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरा पनि सल्लाह सुझावका रुपमा उक्त कार्यक्रममा प्रस्तुत गरेका थिए । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार