images
images

लुम्बिनी विकास बैङ्कले मनायो ‘ग्लोबल मनि विक २०२४’, विद्यालयहरूमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम

लुम्बिनी विकास बैङ्कले मनायो ‘ग्लोबल मनि विक २०२४’, विद्यालयहरूमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम

मंगलवार, चैत १३ २०८०
मंगलवार, चैत १३ २०८०
  • लुम्बिनी विकास बैङ्कले मनायो ‘ग्लोबल मनि विक २०२४’, विद्यालयहरूमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम

    काठमाडौँ / लुम्बिनी विकास बैङ्क लिमिटेडले सातै प्रदेशमा रहेका आफ्ना शाखा कार्यलयहरूमार्फत ‘ग्लोबल मनि विक २०२४’को अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ । 

    images
    images

    विभिन्न बिद्यालयमा अध्ययनरत करिव एक हजार बिद्यार्थीहरूलाई वित्तीय साक्षरता अभिवृद्वि, वित्तीय ज्ञान, मनोवृत्ति विकास गराउने उद्देश्यका साथ युवा बिद्यार्थीहरूलाई बैङ्कले गर्ने कार्यहरू जस्तै स् बचत निक्षेप, कर्जा लगानी, विप्रेषण, डिजिटल बैङ्किङ्ग लगायतका विषयहरू समेटि बिद्यालयहरूमा नै वित्तीय साक्षरता कक्षा सञ्चालन गरेको थियो । 

    साथै, उक्त अवसरमा बैङ्कका शाखा कार्यालयहरूबाट वित्तीय जानकारी मुलक प्लेकार्डहरू प्रदर्शन गर्दै प्रभातफेरी कार्यक्रम समेत आयोजना गरिएको बैङ्कले जनाएको छ । 

    ‘प्रोटेक्ट योअर मनी, सेक्योर योअर फ्युचर’ भन्ने नाराका साथ यो वर्ष (२०२४) को ग्लोबम मनि विक १८ देखि २४ मार्चमा युवा बिद्यार्थीहरूलाई लक्षित गरि बैङ्कले पनि सो कार्यक्रमहरू सम्पन्न गरको थियो । यसबाट बैङ्किङ्ग प्रणली सुदृढ हुनुका साथै युवा विद्यार्थीहरूमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैङ्कले लिएको छ ।

    देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैङ्क लिमिटेडको बिभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ । यस लुम्बिनी विकास बैङ्क लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरू सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

    ग्राहकहरूलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैङ्कले बचत निक्षेप खाताहरूमा उच्चतम ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार