images
images

पर्यटन बोर्ड सदस्यका लागि पाँचजनाको नाम सिफारिस, को–को परे ?

पर्यटन बोर्ड सदस्यका लागि पाँचजनाको नाम सिफारिस, को–को परे ?

बुधवार, चैत १४ २०८०
बुधवार, चैत १४ २०८०
  • images
    पर्यटन बोर्ड सदस्यका लागि पाँचजनाको नाम सिफारिस, को–को परे ?

    काठमाडौँ / नेपाल पर्यटन बोर्ड (एनटीबी) को तीन जना रिक्त बोर्ड सदस्यका लागि पाँचजनाको नाम अन्तिम छनोटका लागि सिफारिस भएको छ । 

    images
    images

    पर्यटन व्यवसायी ठाकुरराज पाण्डेको नेतृत्वमा गठित बोर्ड सदस्य छनोट तथा सिफारिस समितिले मंगलबार पाँच जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । 

    समितिले पर्यटन व्यवसायी अभिषेक विक्रम शाह (काठमाडौँ), अम्बर जंग गुरु (लम्जुङ्ग), राजेन्द बहादुर लामा (काभ्रेपलाञ्चोक), ऋषि भण्डारी (कास्की) र राम प्रसाद सापकोटा (कमल) धादिङलाई अन्तिम ५ मा छनोट गरेको हो । 

    रिक्त तीन जना बोर्ड सदस्यका लागि २३ जना व्यवसायीहरूले आवेदन दिएका थिए । 

    २०८० माघ २२ गते आफ्नो तीन वर्षे कार्यकाल पूरा गर्दै उपाध्यक्ष समेत रहेका चन्द्र रिजालसहित सदस्यद्वय कृष्ण शाह र नवाङ मिया शेर्पा बोर्डबाट बाहिरिएसँगै पर्यटन बोर्डमा तीन जना सदस्यको पद रिक्त हुन पुगेको थियो । 

    यस समितिले मंगलबार साझा अन्तिम ५ जनाको नाम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाएको छ । अब बस्ने मन्त्रिपरिषद्को बैठकले यी अन्तिम ५ जनाबाट ३ जनाको नाम बोर्ड सदस्यका लागि छनोट गर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार