images
images

करका दरमा एकरूपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी

करका दरमा एकरूपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी

बिहिवार, चैत १५ २०८०
बिहिवार, चैत १५ २०८०
  • करका दरमा एकरूपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी

    काठमाडौँ / सरकारले करको दरमा एकरूपता कायम गर्नका लागि आवश्यक अध्ययन गर्ने भएको छ । प्रदेशहरूमा करको दरमा एकरूपता नभएको पाइएपछि त्यसलाई मिलाउनका लागि आवश्यक अध्ययन गर्न लागिएको हो । 

    images
    images

    राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता यमलाल भुसालले सबै प्रदेशमा करको दरमा एकरुपता ल्याउन अध्ययन गरिने जानकारी दिए ।  

    विकास समस्या समाधान समितिको बैठकले सवारी करमा एकरूपता ल्याउनका लागि छलफल गरेर उपयुक्त समाधानका उपाय खोजिने निर्णय भएको उनको भनाइ छ । 

    “नेपालको संविधानले नै स्पष्ट कानुनी प्रबन्ध गरेको छ। प्रदेशले आवश्यक कानुन तर्जुमा गरी कार्यान्वयन गरिहेको छ। प्रदेशले कानुन बनाउँदा प्रदेश अनुसार फरक फरक सवारी कर कायम भएको छ। सो बारेमा छलफल भइरहेको र एकरुपता  कायम गर्नुपर्ने आवश्यकता देखिएको छ” प्रवक्ता भुसालले भने ।

    यसैगरी बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि कर्जा सूचना व्यवस्थापन केन्द्रलाई प्रभावकारी बनाउनेबारे आजको बैठकमा छलफल भएको उनको भनाइ छ ।

    ‘एक स्थानीय तहमा एक आधारभूत अस्पताल’ निर्माणको कामलाई थप गति दिने विषयमा समेत विकास समस्या समाधान समितिको बैठकमा आवश्यक छलफल भएको छ । त्यसमा देखिएको समस्या समाधान गरिनेछ । 

    विकास निर्माणका काममा भएका समस्या पहिचान गरी उपयुक्त समाधान गर्ने र तोकिएको समयमै सम्पन्न गर्न समेत स्पष्ट मार्गनिर्देशन प्राप्त भएको उनको कथन छ । 

    प्रधानमन्त्रीको अध्यक्षमा बस्ने विकास समस्या समाधान समितिको बैठक वर्षमा दुई पटक बस्ने व्यवस्था छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार