चर्चित समाचार
  • बालाजु अटो वर्कसको म्यानेजरर्स मिट सम्पन्न, उत्कृष्ट डिलरदेखि कस्टुमरसम्म सम्मानित

    बालाजु अटो वर्कसको म्यानेजरर्स मिट सम्पन्न, उत्कृष्ट डिलरदेखि कस्टुमरसम्म सम्मानित

    सोमवार, चैत १९ २०८०
    सोमवार, चैत १९ २०८०
  • बालाजु अटो वर्कसको म्यानेजरर्स मिट सम्पन्न, उत्कृष्ट डिलरदेखि कस्टुमरसम्म सम्मानित

    काठमाडौँ / नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुप-बालाजु अटो वर्कसले स्काइ गार्डेन रिसोर्ट धुलिखेलमा सर्भिस एण्ड पार्ट्स म्यानेजर मिट २०२४ सम्पन्न गरेको छ । कम्पनीले बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मा र एम एण्ड एम नेपालको लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धरको साथै अग्नि ग्रुप नेटवर्ककका सदस्यहरूको उपस्थितिमा बिहीबार सो कार्यकम सम्पन्न गरेको हो ।

    कार्यक्रममा विजेताहरूलाई बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक शर्मा, एम एण्ड एम नेपालको लागि सर्भिस कन्ट्री म्यानेजर धरका साथै कम्पनीका बिभाग प्रमुखहरूद्वारा महिन्द्रा केयर फेस्ट २०२४ मा उत्कृष्ट प्रदर्शन गर्ने डिलरहरूलाई विभिन्न उपाधिले सम्मानित गरिएको थियो । जसमा बेस्ट फोटो अफ द केयर फेस्ट-अग्नि आस्था, इटहरी, बेस्ट कस्टमर इन्गेजमेन्ट-ओम श्री बाराही अटो वर्कस, हाइएस्त एम-ट्र्याक इनरोलमेन्ट-अग्नि आस्था, इटहरी, हाई पफर्मर-अग्नि आस्था, भैरहवा, हाई याचिवर-ठाकुर अटो केयर सेन्टरले जितेका थिए । 

    साथै म्यनाजर्स मिट २०२४ मा उत्कृष्ट प्रदर्शन गर्ने  ओम श्री बाराहीबाट बेस्ट कस्टमर केयर एक्जिक्युटिव २०२४ – बिनिता के.सी, सेन्ट्रल सर्भिस सेन्टरबाट बेस्ट सर्भिस म्यानेजर २०२४ - सशी पजियर साथै एम.के इंकॉर्पोरेटेडबाट बेस्ट स्पेयर पार्ट्स म्यानेजर २०२४ - राजेश लाघेलाई सम्मानित गरिएको थियो ।

    agni news.jpg 

    समारोहले उत्कृष्टताप्रति सहभागीको समर्पणलाई प्रदर्शन गर्दै सदस्यहरूको उल्लेखनीय क्षमतालाई हाइलाइट गरिएको थियो । कार्यक्रममा बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक शर्माले संस्थाको विकासमा सबैको योगदानको प्रशंसा गरे । 

    साथै उनले सर्भिस एण्ड पार्ट्स म्यानेजर मीट २०२४ मार्फत साझेदारीलाई सुदृढ पार्ने र उत्कृष्टता हासिल गर्ने प्रतिबद्धताका साथै सँगै काम गरेर हामी दीर्घकालीन वृद्धि र नवप्रवर्तनको सम्भावनालाई अनलक गर्छौं भन्ने कुरामा जोड दिएका थिए ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार