images
images

नयाँ वर्षमा बजाजले १ लाखसम्मको उपहार दिने, निर्देशक गोल्छा भन्छन् - ग्राहकको आवश्यकता बुझेर अफर ल्याएका छौँ

नयाँ वर्षमा बजाजले १ लाखसम्मको उपहार दिने, निर्देशक गोल्छा भन्छन् - ग्राहकको आवश्यकता बुझेर अफर ल्याएका छौँ

सोमवार, चैत २६ २०८०
सोमवार, चैत २६ २०८०
  • नयाँ वर्षमा बजाजले १ लाखसम्मको उपहार दिने, निर्देशक गोल्छा भन्छन् - ग्राहकको आवश्यकता बुझेर अफर ल्याएका छौँ

    काठमाडौँ / बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गरेको छ । बजाजले यस नयाँ वर्षमा ग्राहकहरूलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधाहरू प्रदान गर्ने भएको छ । 

    images
    images

    बजाजको ‘नव आरम्भ’ योजना अन्तर्गत ग्राहकहरूले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउनेछन् भने भाग्यशाली विजेताहरूले १ लाख रुपैयाँसम्मको नगद उपहार पनि जित्न सक्नेछन् । 

    त्यसका साथै ग्राहकहरूले ३६ महिनाको इएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन् जसमा ग्राहकलाई किस्ताको रकम धेरै कम हुन आउनेछ । त्यसैगरी ३० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकहरूसँग उपलब्ध हुनेछ ।   

    योजनाको बारेमा चर्चा गर्दै कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने, “नयाँ वर्षको अवसर पारेर ग्राहकहरूका लागि यो योजना सार्वजनिक गर्न पाउँदा हामी निकै हर्षित छौं । ग्राहकवर्गको आवश्यकतालाई बुझेर हामीले यस योजनामा स्योर सट क्यास डिस्काउन्ट, कम किस्तामा इएमआई र डाउन पेमेन्टजस्ता अफरहरू लिएर आएका छौँ । हामीलाई निरन्तर अपार माया प्रदान गर्नुहुने ग्राहकहरूलाई हामी बजाजको तर्फबाट नयाँ वर्ष २०८१ को शुभकामना व्यक्त गर्न चाहन्छौँ ।” 

    बजाज नेपालको सबैभन्दा विश्वसनीय मोटरसाइकल ब्रान्ड हुनुको साथै नेपालमा सबैभन्दा ठूलो सर्भिस नेटवर्क पनि यसकै छ । उत्कृष्ट रिसेल भ्यालु, उत्कृष्ट उत्पादनहरू, स्पेयर पार्टसहरूको सहज उपलब्धता र उपभोक्ता–मैत्री नीतिहरूले गर्दा बजाजका मोटरसाइकलहरू बजारमा सर्वाधिक लोकप्रिय छन् । नवीनता, गुणस्तर र सुपथ मूल्यजस्ता कारणहरूले विगत २५ वर्षदेखि बजाजले नेपालको अटोमोटीभ उद्योगमा लिड गर्दै आइरहेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार