चर्चित समाचार
  • मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न, आईपीओ निश्कासन गर्ने तयारीमा

    मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न, आईपीओ निश्कासन गर्ने तयारीमा

    मंगलवार, चैत २७ २०८०
    मंगलवार, चैत २७ २०८०
  • मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न, आईपीओ निश्कासन गर्ने तयारीमा

    काठमाडौँ / युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक भई निर्माणाधिन अवस्थामा रहेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ । 

    यस आयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत अर्थात साँढे ६७ करोड रुपैयाँ लगानी रहेको छ । 

    ताप्लेजुङ्ग जिल्लाको मेरिङदेन गाउँपालीका वडा नम्वर  ३, ४ र ५ मा निर्माणाधिन मेवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अुगुवाईमा ऋण लगानी रहेको छ । 

    यस आयोजनाको लागत ९ सय करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । तोकिएको लागतमा, तोकिए कै समय अवधि भन्दा छिटो आयोजना सम्पन्न गर्ने गरी काम तिव्र गतिमा निर्माण कार्य  भैरहेको युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडका कार्यकारी अध्यक्ष ई। आशिष थापाले बताए । 
     
    २०७८ साल पुष महिनाबाट निर्माण सुरु गरिएको यस आयोजना २०८१ साल असोज महिनाभित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने लक्ष्यका साथ काम भैरहेको कम्पनीले जनाएको छ ।

    उर्जा क्षेत्रमा सफल र अनुभवी उद्यमीहरुको लगानीमा निर्माणाधिन यस आयोजनाको साधारण सेयर (आईपीओ) निश्कासनको लागि कम्पनीले गृहकार्य गरिरहेको छ । 

    सिटिजन्स क्यापिटल लि।लाई बिक्री प्रबन्धकमा नियुक्त गरी आईपीओ जारी गर्ने तयारी गरिरहेको छ । यस आयोजनामा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४ सय जना भन्दा धेरैले रोजगारी पाएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार