images
images

बकर ईदको रौनक देशैभर, यसरी गरिँदैछ खुसी साटासाट (तस्बिरसहित)

बकर ईदको रौनक देशैभर, यसरी गरिँदैछ खुसी साटासाट (तस्बिरसहित)

बिहिवार, चैत २९ २०८०
बिहिवार, चैत २९ २०८०
  • बकर ईदको रौनक देशैभर, यसरी गरिँदैछ खुसी साटासाट (तस्बिरसहित)
    images
    images

    काठमाडौँ / इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान मुबारक महिना आजदेखि पूरा भएको छ । इस्लाम धर्मावलम्बीहरु रोजा बसेर र विविध कार्यक्रम गरेर इदउलफित्र पर्व मनाउने गर्दछन् ।

    एक महिनासम्म सञ्चालन भएको  यो पर्वमा मुुसलमानहरु दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानहरुले उर्दू क्यालेण्डरअनुसार सूर्योदय हुनुभन्दा पहिलेअर्थात् बिहानको नमाज पढ्नुअगावै केही खानेकुरा खाई प्रारम्भ हुन्छ भने बेलुकाको नमाज (मगरिब) को आजान सुनेपछि रोजा खोल्ने चलन छ ।

    निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । 

    रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत्को रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

    दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजानान व्रत बस्न आज साँझ मुसलमानहरुले चन्द्रमा हेर्न आकाश चियाउने तिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ ।

    शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेका मानिसहरु एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सक्ने विश्वास गरिन्छ । 

    त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्व मान्दछ । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन ।

    हेनुस् तस्बिरहरू :

    undefined

    undefinedइद पर्व–शुभकामना आदानप्रदान सुनसरीका इस्लाम धर्मावलम्वीहरु


    इस्लाम धर्मावलम्वीहरुको महान चाड इद–उल–फित्र (इद)का अवसरमा बिहीबार सुनसरीको इनरुवास्थित जामे मस्जिदमा शुभकामना आदानप्रदान गर्दै मुस्लिम समुदाय । रमजान महिनाको एक महिने व्रत सकेर देशभरका मुस्लिम समुदायले आज धुमधामका साथ इद मनाइरहेका छन् । 
    तस्बिर : नवीन गड्तौला, रासस

    9.JPG

    10.JPG

    11.JPG

    8.JPG

    इनरुवाको जामे मस्जिदमा सामूहिक प्रार्थना गर्दै मुस्लिम समुदाय

    इस्लाम धर्मावलम्बीहरुको महान चाड  इद–उल फित्र (इद)का अवसरमा बिहीबार सुनसरीको इनरुवास्थित जामे मस्जिदमा सामूहिक प्रार्थना गर्दै मुस्लिम समुदाय । 
    तस्बिर : नवीन गड्तौला, रासस

    4.JPGपर्साको इद पर्व

    वीरगञ्जको छपकैयास्थित इदगाहमा बिहीबार ईदको नमाज पढ्दै मुस्लिम धर्मावलम्बीहरु । 
    तस्बिरः विजयकुमार महतो, रासस

    7.JPG

    6.JPG

    5.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार