चर्चित समाचार
  • सानिमा जीआईसीको ६औँ बार्षिक साधारण सभा सम्पन्न, २५ प्रतिशत हकप्रद सेयर पारित

    सानिमा जीआईसीको ६औँ बार्षिक साधारण सभा सम्पन्न, २५ प्रतिशत हकप्रद सेयर पारित

    बिहिवार, चैत २९ २०८०
    बिहिवार, चैत २९ २०८०
  • सानिमा जीआईसीको ६औँ बार्षिक साधारण सभा सम्पन्न, २५ प्रतिशत हकप्रद सेयर पारित

    काठमाडौँ / सानिमा जीआईसी इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

    सभाले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । यससँगै कम्पनीले चुक्ता पुँजी २ अर्बको २५ प्रतिशत अर्थात ५० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने छ ।

    उक्त सभाले संचालक समितिबाट मनोनित स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले कम्पनी ऐनको दफा १०५ को उपदफा १ (ग) बमोजिम आर्थिक वर्ष २०७९/८० मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

    अध्यक्ष कुनाल कयालको अध्यक्षतामा सम्पन्न उक्त सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) बमोजिमको वित्तीय विवरण पारित भएको छ ।

    त्यसैगरी, आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा एन अमात्य एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गरिएको छ ।

    साथै, कम्पनीले आगामी दिनमा व्यवसाय थप विस्तार गरी देशको अर्थतन्त्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्न त्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार