images
images

तेस्रो त्रैमाससम्ममा सिद्धार्थ बैंकको नाफा १३.०२  प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो ?

तेस्रो त्रैमाससम्ममा सिद्धार्थ बैंकको नाफा १३.०२  प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो ?

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • तेस्रो त्रैमाससम्ममा सिद्धार्थ बैंकको नाफा १३.०२  प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो ?

    काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । 

    images
    images

    बैंकले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ९ महिनामा सिद्धार्थ बैंकको खुद नाफा १३.०२  प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ६८ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ।  गत वर्ष बैंकले १ अर्ब ४९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    यस बैंकको खुद ब्याज आम्दानी घटेपनि इम्पेयरमेन्ट चार्ज पनि घट्दा नाफामा सुधार आएको हो । ६ अर्ब ७ करोड ६१ लाख रहेको खुद ब्याज आम्दानी यसअवधिसम्म आइपुग्दा घटेर ६ अर्ब १ करोड रुपैयाँ कायम भएको छ ।  

    यसको इम्पेयरमेन्ट चार्ज भने २ अर्ब १६ करोडबाट घटेर १ अर्ब ७० करोड रुपैयाँ कायम भएको छ । यता, सञ्चालन नाफा १४.४२ प्रतिशतले बढेको छ । 

    सिद्धार्थको निष्क्रिय कर्जा दर ३.९५ प्रतिशत विन्दुबाट घटेर २.५२ प्रतिशत कायम भएको छ ।हाल यस बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १२ अर्ब ४० करोड रुपैयाँ जम्मा छ । 

    प्रतिसेयर आम्दानी १.८६ रुपैयाँले बढेर १६.१० रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १८६.११ रुपैयाँ छ । यसअवधिसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार