images
images

ढाकामा बङ्गलादेशको सबैभन्दा ठूलो पशु प्रदर्शनी सुरु, प्रदर्शनी स्थलमा २५ वटा मण्डप र ३० वटा स्टल

ढाकामा बङ्गलादेशको सबैभन्दा ठूलो पशु प्रदर्शनी सुरु, प्रदर्शनी स्थलमा २५ वटा मण्डप र ३० वटा स्टल

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • ढाकामा बङ्गलादेशको सबैभन्दा ठूलो पशु प्रदर्शनी सुरु, प्रदर्शनी स्थलमा २५ वटा मण्डप र ३० वटा स्टल

    दक्षिण एशियाली मुलुक बङ्गलादेशको डेरी, पोल्ट्री तथा अन्य पशुपन्छी क्षेत्रमा लगानीका अवसर र उन्नत प्रविधिबारे जानकारी गराउने उद्देश्यले बङ्गलादेशको पशुपन्छी उद्योगको अहिलेसम्मको सबैभन्दा ठूलो प्रदर्शनी बिहीबारदेखि ढाकामा शुरु भएको छ ।

    images
    images

    बङ्गलादेश डेरी फार्मर्स एसोसिएसन (बीडीएफए) र बङ्गलादेश पोल्ट्री उद्योग केन्द्रीय परिषद् (बीपीआईसीसी)को आयोजना तथा मत्स्य तथा पशुपन्छी मन्त्रालय र बङ्गलादेश सरकारको युवा विकास निर्देशनालयको सहकार्यमा आयोजित दुईदिने प्रदर्शनीमा ठूलो सङ्ख्यामा डेरी फार्म, ग्राहक र आगन्तुकहरूको सहभागिता रहेको छ ।  

    बङ्गोबोन्धु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बिआइसीसी)को छेउमा शेर–ए–बङ्गला नगरस्थित पुरानो व्यापार मेला मैदानमा प्रदर्शनीको उद्घाटन गरिएको थियो ।

    मेलामा देशभरका पोल्ट्री तथा डेरी क्षेत्रका करीब तीन हजार कृषकले आफ्ना पशुपन्छी प्रदर्शन गरेका थिए । प्रदर्शनी स्थलमा २५ वटा मण्डप र ३० वटा स्टल राखिएको आयोजकले जनाएको छ ।

    बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले प्रदर्शनीको उद्घाटन गरेका थिइन् । उनले किसानहरूको  भेलालाई सम्बोधन गर्दैे देशमा प्रोटिनको बढ्दो मागलाई पूरा गर्न पशुपन्छी क्षेत्रलाई थप फस्टाउने गरी अगाडि बढ्न निजी क्षेत्रलाई आग्रह गरेकी थिइन् । 

    मूल्य अभिवृद्धिका लागि आधुनिक प्रविधि अपनाएर खेतबारी र किसानको ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको र यसले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा योगदान पुर्याउने आयोजकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार