images
images

अर्थ मन्त्रालयको सचिवमा मरासिनीको पुनः इन्ट्रि, पुस्कर पुगे प्रधानमन्त्री कार्यालय

अर्थ मन्त्रालयको सचिवमा मरासिनीको पुनः इन्ट्रि, पुस्कर पुगे प्रधानमन्त्री कार्यालय

सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • अर्थ मन्त्रालयको सचिवमा मरासिनीको पुनः इन्ट्रि, पुस्कर पुगे प्रधानमन्त्री कार्यालय

    काठमाडौँ / अर्थ मन्त्रालयबाट सरुवा भएका सचिव कृष्णहरि पुस्कर कर्णको बिदाई र सचिवको जिम्मेवारी सम्हाल्न आएका सचिव मधु मरासिनीको स्वागत गरिएको छ । 

    images
    images

    अर्थमन्त्री वर्षमान पुन अनन्त, राजश्वसचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालय तथा मातहत निकायमा कार्यरत सहसचिव, उपसचिव र शाखा अधिृकतभन्दा माथिका अधिकांश कर्मचारी स्वागत तथा बिदाई कार्यक्रममा सहभागी थिए । 

    मन्त्रिपरिषदको सोमबारको बैठकले मरासिनीलाई अर्थमा र पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो । मरासिनी यसअघि पनि अर्थसचिव थिए ।

    कार्यक्रममा मन्त्री पुनले लामो सरकारी सेवाका क्रममा जिम्मेवारी हेरफेर हुनुलाई सामान्य रुपमा लिनुपर्ने बताए । यस्तै उनले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए । 

    असलनियतका साथ गरिएका काम र निर्णयमा समस्या परे कर्मचारीको संरक्षण राजनीतिक नेतृत्वले गर्ने उनको प्रतिबद्धता थियो । ‘राजनीतिज्ञ, प्रशासक वा सार्वजनिक जीवनमा भएका मानिसहरुमाथि आरोप वा टिकाटिप्पणी हुन सक्छन्’, मन्त्री पुनले भने, ‘असल नियतका साथ गरिएको काममा समस्या आइपरे राजनीतिक नेतृत्वको तर्फबाट संरक्षण हुने कुराको ग्यारेण्टी गर्छु ।’ 

    उनले निजी क्षेत्रको विश्वास जितेर लगानीको वातावरण निर्माणलाई सरकारले प्राथमिकतामा राखेको भन्दै सोहीअनुसार काम गर्न कर्मचारीलाई आग्रह गरे । ‘निजी क्षेत्रको मनोबल उठाउनुपर्ने छ । बजेटमा हाम्रा नीतिहरु पक्कै पनि त्यसमा केन्द्रित हुनेछन्’, मन्त्री पुनले भने, ‘सिर्जित दायित्वअन्तर्गत खर्च भएका आयोनाको निकाशा दिन र अन्तरमन्त्रालय समन्वयमा ध्यान दिएर खर्च बढाउन मेरो सबैलाई आग्रह छ ।’ मन्त्री पुनले टिममा काम गरेर नतिजा दिनुपर्ने समयमा आफूहरु रहेको बताए । 

    कार्यक्रममा सचिवद्वय पुस्कर र मरासिनीले सरकारले दिएको नयाँ जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताए । 

    आफूहरु विगतमा पनि सँगै काम गरेको स्मरण गर्दै उनीहरुले कार्यक्रममा एकअर्काप्रति सौहार्दता प्रकट गरे । सचिव मरासिनीले बजेट निर्माणको पूर्वसन्ध्यामा रहेकाले अर्थमन्त्रीको नीतिअनुसार काम गर्न आफ्नो टिम प्रतिबद्ध रहेको बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार