images
images

युरोपलाई बलियो प्रतिरक्षा प्रणालीको आवश्यकता छ : राष्ट्रपति म्याक्रोँ

युरोपलाई बलियो प्रतिरक्षा प्रणालीको आवश्यकता छ : राष्ट्रपति म्याक्रोँ

बिहिवार, बैशाख १३ २०८१
बिहिवार, बैशाख १३ २०८१
  • युरोपलाई बलियो प्रतिरक्षा प्रणालीको आवश्यकता छ : राष्ट्रपति म्याक्रोँ

    फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले रुसी आक्रमणबाट युरोपको अस्तित्व खतरामा परेको चेतावनी दिँदै संयुक्त राज्य अमेरिकामाथि कम निर्भर रहने ‘विश्वसनीय’ रक्षा रणनीति अपनाउन यूरोपेली सङ्घ (ईयू)सदस्य राष्ट्रहरूसँग आह्वान गर्नुभएको छ । 

    images
    images

    उहाँले युक्रेनमाथि आक्रमणपछि रूसको व्यवहारलाई ‘उन्मुक्त’ भन्दै मस्कोको ‘सीमा’ कहाँ छ भन्ने स्पष्ट नभएको बताउनुभयो । 

    म्याक्रोँले संयुक्त राज्य अमेरिका र चीन दुवैले विश्वव्यापी व्यापार नियमहरूको अनादर गरेको भन्दै ईयूलाई आफ्नो व्यापार नीति परिमार्जन गर्न आग्रह पनि गर्नुभयो । 

    “हाम्रो युरोप आज नश्वर छ र यसको अन्त्य हुन सक्छ”, उहाँले  भन्नुभयो युरोपको अतित्व हाम्रो छनौटमा मात्र निर्भर रहेको छ । खेलको नियम परिवर्तन भएको संसारमा युरोप हामीले सामना गर्ने जोखिमविरुद्ध सशस्त्र छैन ।”

    “अर्को दशकमा इरानले प्रशस्त आणविक हतियार बनाउने खतरातर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो, “युरोप कमजोर हुने वा पछि हट्ने खतरा धेरै छ ।”

    सन् २०१७ को सेप्टेम्बरमा पदभार ग्रहण गरेको केही महिनापछि पेरिसको सोरबोन युनिभर्सिटीमा म्याक्रोनले दिएको भाषणको विषयवस्तुमा फर्किँदै उहाँले भन्नुभयो, “ईयूबाट बेलायतको बहिर्गमन, कोभिड र युक्रेनमा रूसको आक्रमण लगायतका कारण सन् २०१७ मा निर्वाचित उहाँको सात वर्ष बितिसक्दा पनि अवस्था सल्टिएको छैन । 

    “युरोपले पतनको अनुभव गर्ने जोखिम देखिएको छ र हामीले हाम्रा सबै प्रयासहरूको बावजुद यो देख्न थालिसकेका छौं,” उहाँले यूरोप अन्य क्षेत्रीय शक्तिहरूबाट ‘घेराबन्दी’ को स्थितिमा रहेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार