images
images

पूर्वउपराष्ट्रपति पुत्र दिपेश धरौटीमा छुटे, सिआइबीले निगरानीमा राख्ने

पूर्वउपराष्ट्रपति पुत्र दिपेश धरौटीमा छुटे, सिआइबीले निगरानीमा राख्ने

शुक्रवार, बैशाख १४ २०८१
शुक्रवार, बैशाख १४ २०८१
  • पूर्वउपराष्ट्रपति पुत्र दिपेश धरौटीमा छुटे, सिआइबीले निगरानीमा राख्ने

    काठमाडौँ / पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पुत्र दीपेश पुन थुनामुक्त भएका छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनी शुक्रबार धरौटीमा रिहा भए पनि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को निगरानीमा रहेका छन् ।

    images
    images

    जिल्ला अदालत, रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको एसपी रञ्जितसिंह राठौरले जानकारी दिए । एक साताअघि अदालतले पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिए पनि रकम जम्मा नगरेपछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए । तर, शुक्रबार उनले रकम जम्मा गरेपछि छुटेका हुन् ।

    पुनबारे प्रहरीको केन्द्रीय सिआइबीले अनुसन्धान गरिरहेको छ । तर, उनीविरुद्ध पक्राउ पूर्जी जारी नभएकाले तत्काल नियन्त्रणमा नलिइएको सिआइबीको दाबी छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार