images
images

जि–७ मुलुक सन् २०३० मा चरणबद्धरूपमा समाप्त गर्न प्रतिबद्ध

जि–७ मुलुक सन् २०३० मा चरणबद्धरूपमा समाप्त गर्न प्रतिबद्ध

मंगलवार, बैशाख १८ २०८१
मंगलवार, बैशाख १८ २०८१
  • जि–७ मुलुक सन् २०३० मा चरणबद्धरूपमा समाप्त गर्न प्रतिबद्ध
    images
    images
    जि–७ का मुलुकहरू सन् २०३० को पहिलो छ महिनामा कोइलालाई चरणबद्ध रूपमा हटाउने प्रतिबद्धता व्यक्त गर्न तयार रहेको स्थानीय सञ्चारमाध्यमले सोमबार रिपोर्ट गरेका छन् । 
     
    हाल इटालेली सहर टुरिनमा दुई दिने बैठकका लागि भेला भएका जी–७ मन्त्रीहरूले जलवायु, ऊर्जा र वातावरणका विषयमा छलफल गरिरहेका छन् ।
     
    सन् २०३० र सन् २०३५ को बीचमा ऊर्जाको स्रोतका रूपमा कोइला हटाउने मिति तय गर्नमा ध्यान केन्द्रित गर्दै उहाँहरूले मङ्गलबार आफ्नो प्रतिज्ञालाई अन्तिम रूप दिने अपेक्षा गरिएको इटालेली क्लास सिएनबिसीले रिपोर्ट गरेको छ ।
     
    बेलायतका ऊर्जामन्त्री एन्ड्र्यु बोवीले भन्नुभयो, “हामीसँग सन् २०३० को पहिलो छ महिनामा कोइलालाई चरणबद्ध गर्ने सम्झौता भएको छ ।” 
     
    जि–७ मा क्यानाडा, संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, इटाली, संयुक्त अधिराज्य र जापान समावेश छन् । बैठकहरूमा सामान्यतया युरोपेली सङ्घ (इयु) का शीर्ष अधिकारीहरू उपस्थित ंहुन्छन् ।
     
    क्लाइमेट एनालिटिक्सको हालैको प्रतिवेदनले यीमध्ये कुनै पनि देशले सन् २०३० का लागि आफ्नो विद्यमान उत्सर्जन लक्ष्यहरू पूरा मार्गमा नभएको बताएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार