images
images

डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्म बढाउने

डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्म बढाउने

शुक्रवार, बैशाख २१ २०८१
शुक्रवार, बैशाख २१ २०८१
  • डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्म बढाउने
    images
    images

    डेनमार्कले गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट १८ हप्तामा विस्तार गर्ने योजना बनाएको स्वास्थ्य मन्त्रालयले शुक्रबार बताएको छ । 

    धेरै मुलुकले गर्भपतनसम्मको पहुँचलाई प्रतिबन्ध लगाउन खोजिरहेका बेला डेनमार्कमा यस्तो कदम चालिएको छ । 

    स्वास्थ्यमन्त्री सोफी लोहडेले भन्नुभयो, “५० वर्षपछि गर्भपतनलाई नियन्त्रित गर्ने नियमहरू परिवर्तन गर्ने र महिलाको निर्णय गर्ने अधिकारलाई बलियो बनाउने समय आएको छ ।”

    डेनिस मेडिकल एसोसिएसनका प्रमुख क्यामिला रथकेले समाचार एजेन्सी रिट्जाउलाई भन्नुभयो, “अब महिलाहरूसँग के गर्ने भन्नेबारे सोच्ने समय र अधिकार हुनेछ ।”

    यसका अतिरिक्त १५ देखि १७ वर्ष उमेरका किशोरहरूलाई आफ्ना आमाबुबाको सहमतिबिना गर्भपतन गर्न अनुमति दिइने छ । 

    विश्वका केही भागमा गर्भपतनको अधिकारलाई प्रतिबन्धित गरिए पनि गत वर्ष डेनिस नैतिकता समितिले गर्भपतनको समय सीमालाई १२ हप्ताबाट १८ हप्तासम्म बढाउन सिफारिस गरेको थियो । यसलाई छिमेकी स्विडेनको अनुरूप ल्याइएको थियो । 

    “१८ साताको सीमाले अहिले पनि २२ साता वरपर भ्रूणको व्यवहार्यताका लागि धेरै मार्जिन छोड्छ”, समितिले उक्त समयमा भनेको थियो । वामपन्थी–दक्षिणपन्थी सरकारले सन् २०२४÷२०२५ को संसद् अधिवेशनमा विधेयक प्रस्तुत गर्नेछ ।

    विधेयकलाई वामपन्थीका सबै विपक्षी दलको समर्थन छ र यसलाई ठूलो बहुमतका साथ ग्रहण गरिने अपेक्षा गरिएको छ । 

    विधेयक स्वीकृत भयो भने नयाँ कानून सन् २०२५ जुन १ मा लागु हुने अपेक्षा गरिएको छ । पश्चिम युरोपमा गर्भपतनलाई अनुमति दिने पछिल्ला मुलुकहरूमा बेलायत र नेदरल्यान्ड्समा २४ साता र आइसल्यान्डमा २२ साता रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार