images
Logo
images
images
images

अमेरिकामा प्राकृतिक ग्यासको साप्ताहिक भण्डारण बढ्यो : इआइए

अमेरिकामा प्राकृतिक ग्यासको साप्ताहिक भण्डारण बढ्यो : इआइए

शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • images
    images
    अमेरिकामा प्राकृतिक ग्यासको साप्ताहिक भण्डारण बढ्यो : इआइए
    संयुक्त राज्य अमेरिकामा मे ३ तारिख अन्त्य भएको सातामा कार्यशील ग्यास भण्डारण दुई हजार पाँच सय ६३ अर्ब घनफिट रहेको अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) ले बिहीबार बताएको छ । यो अघिल्लो साताको तुलनामा ७९ अर्ब घनफिटले शुद्ध वृद्धि भएको उक्त संस्थाले बताएको छ । 
     
    इआइए ऊर्जाको तथ्याङ्क सङ्कलन, विश्लेषण, सञ्चालन र पूर्वानुमान गर्ने जिम्मेवार सरकारी निकाय हो । इआइएको साप्ताहिक प्राकृतिक ग्यास भण्डारण प्रतिवेदनअनुसार कूल कार्यशील ग्यास भण्डारण गत वर्षको यही समयको तुलनामा २१ प्रतिशतले र पाँच वर्षको औसतभन्दा ३३ दशमलव तीन प्रतिशतले बढेको छ ।
     
    कार्यशील ग्यासलाई भूमिगत भण्डारण गरिएको प्राकृतिक ग्यासको मात्राको रूपमा परिभाषित गरिएको छ । यसलाई प्रयोगका लागि निकाल्न सकिन्छ । यसको भण्डारण क्षमतालाई डिजाइन क्षमता र अधिकतम कार्यशील ग्यास क्षमता गरी दुई तरिकाले मापन गरिन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार