चर्चित समाचार
  • गुहेश्वरी मर्चेण्ट बैङ्किङ्ग एण्ड फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    गुहेश्वरी मर्चेण्ट बैङ्किङ्ग एण्ड फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    सोमवार, जेठ ७ २०८१
    सोमवार, जेठ ७ २०८१
  • गुहेश्वरी मर्चेण्ट बैङ्किङ्ग एण्ड फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौँ / गुहेश्वरी मर्चेण्ट बैङ्किङ्ग एण्ड फाइनान्स लिमिटेडले विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. १३ मा अवस्थित सामुदायिक विद्यालय श्री महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । 

    सो कार्यक्रमा विद्यालयका प्रधानाध्यापक पुष्पराज जोशी, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सका सहायक महाप्रबन्धक अर्चना प्रधान, अनुपालना अधिकृतको उपस्थितिका साथै संस्थाका अन्य कर्मचारीहरू तथा सो विद्यालयको शिक्षक शिक्षिकाहरू र विद्यार्थीहरूको समुपस्थिति रहेको थियो ।

    वित्तीय साक्षरता कार्यक्रममार्फत लक्षित वर्गको वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्नेे तथा आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

    यस संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरू, ४ वटा विस्तारित काउण्टरहरूबाट सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी एटिएम सेवा, मोबाइल बैङ्किङ्ग सेवाहरू जस्ता आधुनिक बैङ्किङ्ग सेवाहरू समेत प्रदान गर्दै आईरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार