काठमाडौँ / काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नियम, कानुन र भूमिकामा बस्ने कर्मचारीको र महानगरवासीको आत्मसम्मान हुने बताएका छन् ।
फोहोरको गाडी चलाउने चालकलाई स–सम्मान छोडेको खबर पाएपछि मेयर शाहले पुनः सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्ट्याट्स पोष्ट गर्दै यस्तो बताएका हुन् ।
उनले ले कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारीको अपमान भएको महानगरले नसहने बताएका हुन् ।
उनले लेखेका छन्, ‘फोहोरको गाडी चलाउने चालकलाई स–सम्मान छोडेको खबर पाए । जो कोहीले यत्ति बुझ्नुहोला– पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानुन र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरवासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाडौँ महानगर यसमा संवेदनशील छ । अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन । बुझेर कदम चाल्नुहोला ।’
यसअघि मेयर शाहले चालक रिहा नभएसम्म सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने चेतावनी दिएका थिए ।
साथै, उनले आज बिहान मात्रै गिरीबन्धु जस्तै १०१ कम्पनीले जग्गा सट्टाभर्ना निवेदन परेको र त्यसमा ५० खर्बसम्मको खेलोफड्को हुनसक्ने भन्दै लेखेका थिए ।
मेयर शाहले लेखेको स्ट्याटस जस्ताको त्यस्तै,
फोहोरको गाडी चलाउने चालकलाई स-सम्मान छोडेको खबर पाए ।
जो कोहीले यत्ति बुझ्नुहोला - पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाण्डौ महानगर यसमा संवेदनशील छ ।
अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन ।
बुझेर कदम चाल्नुहोला ।