images
images

हामी कसैलाई पनि भारतको सुरक्षामा हानी गर्न दिनेछैनौँ : श्रीलङ्काका विदेशमन्त्री

हामी कसैलाई पनि भारतको सुरक्षामा हानी गर्न दिनेछैनौँ : श्रीलङ्काका विदेशमन्त्री

मंगलवार, जेठ ८ २०८१
मंगलवार, जेठ ८ २०८१
  • हामी कसैलाई पनि भारतको सुरक्षामा हानी गर्न दिनेछैनौँ : श्रीलङ्काका विदेशमन्त्री
    images
    images

    श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले सोमबार भारतको राष्ट्रिय सुरक्षाको रक्षा गर्ने आफ्नो देशको प्रतिबद्धतालाई पुष्टि गर्दै एक जिम्मेवार छिमेकीको रूपमा कोलम्बोले कसैलाई पनि भारतको सुरक्षामा हानी गर्न नदिने बताउनुभएको छ ।

    “हामीले स्पष्ट रूपमा भनेका छौँ कि हामी सबै देशसँग सहकार्य गर्न चाहन्छौँ तर भारतीय सुरक्षासम्बन्धी कुनै पनि चिन्तालाई उचित ध्यानमा राखिनेछ र कसैलाई पनि हानी गर्न दिनेछैनौँ“, मन्त्री साब्रीले भन्नुभयो । 

    “मलाई भर्खरै थाहा भयो कि चीन भारतको सबैभन्दा ठुलो व्यापारिक साझेदार बनेको छ त्यसैगरी हामी पनि सबैसँग काम गर्न चाहन्छौँ । म दोहोरÞ्याउन चाहन्छु, एक जिम्मेवार छिमेकी र सभ्यताको साझेदारका रूपमा हामी भारतको वैध सुरक्षालाई हानी पुर्याउने कुनै पनि काम गर्दैनौँ”, उहाँले थप बताउनुभयो । 

    भारतमा चलिरहेको निर्वाचनको बारेमा सोधिएको प्रश्नमा मन्त्रीले यो अभ्यास लोकतन्त्रको उत्सव रहेको र श्रीलङ्काले चुनावको नतिजा जस्तोसुकै भए पनि भारतसँग मिलेर सहकार्य गर्ने बताउनुभयो । 

    “यो लोकतन्त्रको उत्सव हो, विश्वको सबैभन्दा ठुलो लोकतन्त्र । भारतीय जनता शिक्षित छन् । मलाई लाग्छ चुनाव आन्तरिक कुरा हो । यो जनताले निर्णय गर्नुपर्छ । हामी यसको शान्तिपूर्ण निष्कर्ष चाहन्छौँ र भारतीय जनताको निर्णयलाई आत्मसाथ गरेर अगाडी बढ्नेछौँ”, उहाँले भन्नुभयो । 

    गत वर्ष भारतले श्रीलङ्काको बन्दरगाहमा जहाजको डकिङमा आफ्नो सुरक्षा चिन्ता व्यक्त गरेको थियो ।“हाम्रो छिमेकीमा के हुन्छ, हाम्रो सुरक्षामा असर पार्ने कुनै पनि घटनाक्रम हाम्रो लागि चासोको विषय हो”, जयशंकरले नवौँ भारत–थाइल्यान्ड संयुक्त आयोगको बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार